चितवन । जिल्लाको रापती नगरपालिका वडा नं. ११ र १२ स्थित कोरकको चेपाङ बस्तीमा आमा समूहले राहत वितरण गरेको छ । आइतबार पर्यटकीय सुन्दर नगरी पोखरामा विगत लामो समयदेखि कृयाशिल आमा समुह अर्थात पौराखी ममी ग्रुपको विशेष पहलमा उक्त राहत वितरण गरेको हो ।
आमा समूहले कोरकको २ सय २० घरधुरीलाई प्रति घरधुरी १।१ बोरा चामाल, सोयाबीन र लत्ताकपडा वितरण गरेको छ । वितरण कार्याक्रममास्थानीय जनप्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका पूर्व सभासद माया चेपाङले सँधै परनिर्भर भएर चेपाङ समुदायले उन्नति र समृद्धि प्राप्त गर्न नसकिने बताउँदै स्वरोजगारको माध्यमबाट आत्मनिर्भर हुनुपर्नेमा जोड दिइन् ।
विशेष अतिथि नेपाल तामाङ घेदुङ तमुवान–मँगरात प्रदेश अध्यक्ष दिपक वाईबा तामाङले चेपाङ समुदायलाई राज्यले विशेष कार्यक्रम र योजना सहित बजेटको व्यवस्था गर्नुपर्ने, शिक्षा, स्वास्थ्य र रोजगारको अवसर सिर्जना गर्नुपर्ने साथै चेपाङ घना बस्ती क्षेत्र (गोरखा ,धादिङ ,चितवान र मकवानपुर) लाई चेपाङ स्वायत्त इलाकाको रुपमा राज्यले अधिकार दिनुपर्ने बताए । भूमीपुत्र चेपाङ समुदायको मौलिक संस्कृति भाषा संरक्षण संवद्र्धन गर्नु राज्यको दायित्व रहेको बताए ।
रा
हत वितरण समितिका संयोजक एवं पौराखी ममी ग्रुप पोखराका संयोजक विष्णु तामाङले यसपटक राहत वितरणबाट थप सन्तुष्टि मिलेको बताउँदै अगामी दिनमा अझ सहयोग गर्दै जाने बताईन् ।
पौराखी ममी ग्रुपका सदस्यहरु तिर्थ तामाङ, संगिता गुरुङ, जुना तामाङ र अन्जु तामाङको समेत उपस्थिति रहेको सो कार्यक्रममा जन प्रतिनिधि अमर चेपाङ, समाजसेवी एवम् पत्रकार केपी किरण शर्मा र शिक्षक केशव चेपाङको उपस्थिति रहेका थिए ।






















