पाँचखालको इट्टा भट्टा र प्लाईउड उद्योगको विरुद्ध किसान सडकमा

काभ्रे । इट्टा भट्टा र प्लाई उड उद्योगबाट फालिएको कार्वनका कारण किसानहरुको तरकारी विक्रि नभएपछि पाँचखालका किसानहरु आन्दोलनमा उत्रेका छन् ।

आज (सोमबार) पाँचखालका किसानहरुले धुलिखेलको सडकमा तरकारी फालेर प्रदर्शन गरेका छन् ।

पाँचखाल नगरपालिकामा संचालनमा रहेको ७ इटा भट्टा र एक प्लाई उद्योगबाट फालिएको कार्बनको कारण किसानहरुको तरकारी कालिमाटी बजारबाट फिर्ता आएपछि किसानहरु आन्दोलनमा उत्रेका हुन् ।

पाँचखालको इट्टा भट्टा र प्लाईउड उद्योगको विरुद्ध किसान सडकमा

पाँचखालमा संचालनमा रहेको भट्टाहरु र प्लाई उद्योगबाट फालिएको कालो धुवाँको कारण धेरै किसानहरुको तरकारी बजारमा बिक्न छोडेपछि यस्तो कार्यक्रम गरिएको पाँचखाल उपत्यका बातावरण जोगाऔ अभियानको संयोजक सुर्यबहादुर भेटवालले बताए । केहि समय अघि मात्र पाँचखालका स्थानीयबासीले इँटा र प्लाई उद्योगले फालेको कार्बन जनताको हितको लागि नभएको भन्दै जिल्ला प्रशासन कार्यलय काभ्रेमा ज्ञापन पत्र समेत बुझाइसकेको भेटवालले बताए ।

पाँचखालको इट्टा भट्टा र प्लाईउड उद्योगको विरुद्ध किसान सडकमा

उनले नगरपालिकाका प्रमुख महेश खरेललाई पटक पटक भेटेर इँटा उद्योग र प्लाइ उद्योगबाट परेको असरका बारेमा जानकारी गराएको पनि बताए । किसानहरुले आफूहरुको माग संवोधन नभए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । गत बिहीबारमात्रै इँटा उद्योगको पर्खाल भत्किँदा पाँचखालमा दुई बालबालिकाको ज्यान गएको थियो । त्यसअघि एकजनाको इटा उद्योगको पोखरीमा डुबेर मृत्यु भएको थियो । यस्तै उद्योगका कारण नै आफूले उत्पादन गरेको तरकारी बिक्री नभएपछि एकजना किसानले आत्महत्यासमेत गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।