काभ्रेको शंखुमा बस दुर्घट्ना, २७ जना घाइते

काभ्रे । जिल्लाको पनौती नगरपालिका( ९ संखुमा बुधबार दिउँसो बस दुर्घटना भएको छ । दुर्घट्नामा परि २७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

संखुबाट पनौती बसपार्कतर्फ जाँदै गरेको बा २ ख ५२१२ नम्बरको बस दुर्घट्ना भएको हो । बस सडकबाट दुई मिटर तल खसेको स्थानीय यसा लामाले बताए ।

बसमा सवार २७ जना घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घट्ना पछि तत्काल प्रहरीले घाइतेको उद्धार गरि बनेपास्थित शिरमेमोरीयल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बसमा ४० जना यात्रु सवार थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।