काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिकाले नगरसभाले गरेका निर्णयहरु आज (बुधबार) सार्वजनिक गरेको छ । पौष २९ गतेदेखि माघ ७ गतेसम्म चलेको यस नगरपालिकाको चौथो नगरसभाले गरेको निर्णयहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा नगर प्रमुख टोकबहादुर वाइबाले जिल्लाको सबैभन्दा कान्छो नगरपाकिला भएपनि कार्यसम्पादनका हिसाबले अब्बल र सक्षम रहेको दावी गरेका छन् । पत्रकारहरुको प्रश्नको जवाफ दिदै प्रमुख वाईबाले स्थानीय स्रोत, साधानको अधिकतम सदुपयोग गरी संघीय सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने अभिायनलाई समेत सार्थक बनाउन महत्वपूर्ण भूमिका खेल्न नगरपालिका सक्रियता पूर्वक लागेको बताए ।
नगरपालिकाको नाम परिवर्तन प्रस्ताव
नगरसभाले नगरपालिको नाम परिवर्तन गर्ने निर्णय गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ३ बमोजिम नगरपालिकाको नाम परिवर्तन गर्न लागेको प्रमुख वाईबाले पत्रकार सम्मेलनमा जानकारी दिए । ‘यस नगरपालिकाको नाम मण्डनदेउपुर को सट्टामा ‘नगरकोट मण्डनदेउपुर नगरपालिका’ राख्न प्रदेश सभा मार्फत नेपाल सरकारलाई प्रस्ताब पठाउने निर्णय भएको छ ।’ उनले भने ।
नाम परिवर्तनका औचित्यकोबारेमा प्रष्ट पार्दै उनले देश तथा विदेशमा समेत प्रख्यात ठाउँ भएकोले र नगरकोट यसै नगरपाकिला भित्र परेकोले नाम परिवर्तन गर्न लागेको बताए । ‘त्यसैले सुन माथि सुगन्ध होस भनेर ‘नगरकोट मण्डनदेउपुर नगरपालिका’ राखिएको हो ।’ कसैको पनि भावनालाइ ठेस नपुग्ने गरि सबैको सहमतिमा यो निर्णय गरेको उनले दावी गरे ।
अनुमति विना नदीजन्य पदार्थ उत्खनन् गरे १ लाख जरिबाना
नगरसभाले अनुमति विना खोलामा स्काभेटर प्रयोग गरि नदीजन्य पदार्थ उत्खनन् गरेमा १ लाख जरिवाना गर्ने निर्णय गरेको छ । त्यसै गरि अन्य क्षेत्रमा समेत अनाधिकृत रुपमा ढुंगा, बालुवा उत्खनन् गरेमा त्यस्तो कार्य गर्नेलाई समेत उक्त जरिवाना लाग्ने भएको छ । यो निर्णय प्रदेश सरकारको कार्यविधि समेतलाई आधार बनाएर गरेको प्रमुख वाईबाले स्पष्ट पारे ।
विभिन्न ऐनहरु पारित
चौथो नगरसभाले विभिन्न ऐनहरु समेत पारित गरेको छ । सभाले मदिरा उत्पादन, बिक्रि वितरण, प्रयोग तथा नियन्त्रण सम्बन्धि विधेयक–२०७५, सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने विधेयक–२०७५, शिक्षा ऐन २०७४ संशोधन, न्यायिक समति (कार्यविधि) सम्बन्धि ऐन २०७४ शंसोधन गरेको छ ।
करका दरहरु निर्धारण
नगरसभाले विभिन्न निकायलाई करका दरहरु समेत निर्धारण गरिएको छ । नगरपाकिला भित्र एफ.एम सञ्चालनका लागि एजाजत दस्तुर रु ३० हजार, वार्षिक नबीकरण दस्तुर रु १५ हजार निर्धारण गरिएको बताएको छ । त्यसैगरि बचत तथा ऋण सहकारीलाई रु. ४ हजार, बहुउद्देश्यीय सहकारीलाई रु ३ हजार, दुग्ध सहकारीलाई रु १५ सय, कृषि सहकारीलाई रु १ हजार लिने निर्णय गरेको छ ।
क्रसर, ईट्टा, ढुंगा, बालुवमा करका दरहरु
नगरसभाले क्रसर, इट्टा, ढुंगा, बालुवा उद्योगहरु दर्ता र नविकरणलाई समेत कर निर्धारण गरेको पत्रकार सम्मेलनमा जानकारी गराए ।
निर्णय अनुसार क्रसर उद्योगका लागि ११ लाख, इट्टा उद्योगका लागि ८ लाख, ढुंगा खानी उद्योगका लागि ७ लाख, बालुवा खानीको लागि ५ लाख र बालुवा वासिङको लागि ४ लाख निर्धारण गरेको छ ।
प्रेस विज्ञप्तिः























