घेदुङको समन्वयमा सोनाम ल्होछारका दिन टुँडिखेलमा साँस्कृति महोत्सव हुने
घेदुङको समन्वयमा सोनाम ल्होछारका दिन टुँडिखेलमा साँस्कृति महोत्सव हुने

काठमाडौ । तामाङ जातिको साँस्कृतिक पर्व २८५५ औं सोनाम ल्होछारको अवसरमा यसपटक पनि काठमाडौंको टुडिखेलमा दुईदिने साँस्कृतिक महोत्सव हुने भएको छ ।

नेपाल तामाङ घेदुङको समन्वयमा आज(बुधबार) काठमाडौमा बसेको विभिन्न संघसंस्थाको सयुक्त बैठकले माघ २१ र २२ गते साँस्कृतिक महोत्सवको आयोजना गर्ने निर्णय गरेको हो ।

‘सोनाम ल्होछारको प्रवद्र्धन, हाम्रो सांस्कृतिक सरोकार, ताम्सालिङ प्रदेशको निमार्ण, हाम्रो राजनीतिक आधार’ भन्ने नारासहित ल्होछारको कार्यक्रम अयाोजना गर्न लागिएको नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले बताए ।

गोलेका अनुसार नेपाल तामाङ घेदुङको संयोजकत्वमा फाग÷ढ्वा ल्हो २८५५ औं सोनाम ल्होछार मुल समारोह समिती गठन भएको छ । तामाङ घेदुङसंगै नेपाल तामाङ राष्ट्रिय घेदुङ, तामाङ बौंद्ध महासंघ नेपाल, नेपाल तामाङ कला संस्कृति केन्द्रलगायत गरी करिब १ सय वटा तामाङ संघसंस्थाले संयुक्त रुपमा साँस्कृतिक महोत्सवको आयोजना गर्न लागिएको उनले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।