काभ्रे। तामाङ समुदायको साँस्कृतिक पर्व २८५५ औं (ड्वा ल्हो) सानाम ल्होछार नजिकिदै गर्दा जिल्लाको मण्डनदेउपुर नगरपालिकामा ३ दिन ‘ऐतिहासिक प्रथम मण्डनदेउपुर ल्होछार साँस्कृतिक महोत्सव–२०७५’ हुने भएको छ ।
‘तमाङ भाषा तथा सस्कृतिको नयाँ उचाइमा विकास गरौँ, २८५५ औँ (ड्वा, फाग ल्हो) सोनाम ल्होछार साँस्कृतिक महोत्सव भव्य रुपमा सफल पाराँै ।’ भन्ने नाराका साथ मण्डनदेउपुरको कुन्ताबेसीमा महोत्सव हुने भएको हो ।
कार्यक्रमको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले उद्घाटन गरिने आयोजकले बताएको छ । कार्यक्रम माघ १८, १९ र २० गते ११ बजेबाट शुरु हुने बताएको छ ।
‘हाम्रो सुन्दर नगर मण्डनदेउपुर नगरभित्र विश्व परिचित पर्यटकिय गन्तव्य नगरकोट नाल्दुङमा रहेको ९० प्रतिशत पर्यटकिय स्थलहरु हुदै पौराणिक महत्व बोकेको इन्द्रवति नदी र रमणिय चार मण्डन र तीन देउपुर पर्दछ ।’ आयोजक समितिका संयोजक संगम दोङले भने, ‘यसका साथै सिपाघाट, कुन्ताबेसीँको हरियाली कृषियोग्य समथर भुभागको वरिपरि तामाङ जातिको बाक्लो उपस्थिति रहेको छ । यसलाई चिनाउ र पर्यटन विकासको लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ ।’
दोङका अनुसार विगत एक दशक अधि देखि नै ल्होछार पुर्नजागरण सम्बन्धी साँस्कृतिक कार्यक्रमहरु हुदै आइरहेको यसपाली पनि ल्होेछार सास्कृतिक पर्वलाई महोत्सवको रुपमा विकास गर्ने उद्देश्य सहित प्रथम ‘ऐतिहासिक मण्डनदेउपुर २८५५ औँ सोनाम ल्होछार (ड्वा फाग ल्हो) साँस्कृतिक महोत्सव २०७५’ को आयोजना गरिएको हो ।
तामाङ जातिको ल्होछार नयाँ वर्षलाई पर्वको रुपमा मनाउने प्रचलन संस्थागत गर्ने, ल्होछारको सन्दर्भमा ज्ञानको विकास गर्ने, भाषा तथा पहिचानको सुनिश्चित गर्ने, साँस्कृतिक जागरण पैदा गर्ने र संरक्षण संबर्धन गर्ने, कला सस्कृतिको संरक्षण गर्ने, तामाङ जातिलाई चेतनास्तर बृद्घि गरी राष्ट्र निर्माणको योगदान गर्ने, आर्थिक सामाजिक तथा साँस्कृतिक रुपमा सक्षम तथा सबल बनाउने, कृषि जन्य उत्पादनहरुको प्रदर्शन तथा बिक्रि गर्न, घरेलु तथा लघु उद्यमीहरुको उत्पादन बिक्रि तथा प्रदर्शन गर्ने लगायतको उद्दे्श्यले ल्होछार महोत्सवको आयोजना गरिएको उनले बताए ।
कार्यक्रम यसरी हुने
ल्होछार महोत्सवलाई व्यवस्थित बनाउका लागि विभिन्न तयारीहरु तीब्र रुपमा भइरहेको संयोजक दोङले तेमाल अनलाइनलाई बताएका छन् ।
यसैबीच माघ १५ गते नगरको चोकहरु सरसफाइ गर्ने अभियान सञ्चालन गर्ने, माघ १६ र १७ गते कार्यक्रमकोबारेमा माइकिङ गर्ने, माघ १८ गते बिहान १०ः३० बजे पत्रकार सम्मेलन गर्ने, माघ १८ गत बिहान ११ बजे पुन कार्यक्रमको तयारी सम्बन्धी पत्रकार सम्मेलन गरी सार्वजानिक गर्ने र दिउँसो २ः ३० बजे स्टल उद्घाटन गर्ने, माघ १८ गते दिउँसो ३–५ बजे सम्म अन्तक्र्रिया तथा भेला गर्ने, माघ १९ गते बिहान १०ः३० बजे कुन्ताबेसीँ चोकबाट लामा, बोन्बो, ताम्बाहरुको झाँकी सहितको र्याली कार्यक्रम स्थलमा जाने, माघ १९ गते बिहान ११ः०० बजे प्रमुख अतिथि सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाद्घारा समुद्घाटन गर्ने रहेको छ ।
कार्यक्रममा विशेष अतिथि तामाङ भाषा लिपि तथा सस्कृतिविद् आजितमान तामाङद्वारा ल्होछार सँस्कृति सम्बन्धी विशेष सम्बोधन हुने भएको छ । साथै तिहासिक नगर मण्डनदेउपुर न.पा. का प्रमुख टोक बहादुर वाइबाले समेत सम्बोधन गरिने छ भने लामा गुरु योल्मो छेवाङ नोर्बूद्वारा धार्मिक प्रवचन प्रस्तुत गर्ने आयोजकले बताएको छ ।
कुन–कुन कलाकारहरुको प्रस्तुति रहने ?
कार्यक्रमलाई उत्सवमय बनाउन र सबैलाई मनोरञ्जन दिनका लागि राष्ट्रिय स्तरका कलाकार तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ । कार्यक्रममा राष्ट्रिय कलाकारहरु मिलन लामा, विश्व दोङ, शसिकला मोक्तान, चिजा लामा, विशाल थिङ, अमृत खाती, स्मृति गौतम, सुनिता लुङबाको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । त्यसैगरि हाँस्यकलाकारहरु विष्णु सापकोटा (हर्के हवलदार), इन्द्र दोङ खम्बे, समिर लामा तथा स्थानीय कलाकारहरु संगिता दोङ
मुस्कान योञ्जन, कमला दोङ, प्रकाश योञ्जन, सुनिल ग्लान, प्रविन लामा, विजय वाईबा, सर्मिला थिङ, वाङच्यु राज वाईबा
सूर्य वाईबा, इन्द्र दोङ, बाल कलाकार आदित्य स्याङबोको पनि प्रस्तुति रहनेछ ।
माघ २२ गते २८५५ औँ (ड्वा फाग ल्हो) सोनाम ल्होछार भव्य पर्वको रुपमा घरघरमा आफ्ना नजिकका इष्टमित्र, आफन्तजनहरुलाई आमन्त्रण गर्दै मनाउन अभिप्रेरित गर्दै औपचारिक कार्यक्रमको विधिगत रुपमा समापन गर्ने दोङले जानकारी दिए ।






















