हिमालयन महायानी बौद्ध धर्मालम्बीहरुको नयाँ वर्ष २१४६ औं ”सा मो” ”फाग ल्हो” (बँदेल वर्ग) लोसारको अवसर परेर झ्यारुङ खस्योर छ्योर्तेन प्राङ्गण बौद्ध परिसरमा कार्यक्रम हुने भएको छ ।

कोन्छ्योक च्यिदुई दोग्पा नाम्च्या खोर्लो रिन्जिन नाङ्सा न्हिङ्मो तेरमा गुरु ढाग्पो

 

संसारिक प्राणी जगत हितको निमित्त र समस्त मानव जगतमा आइपर्ने विघ्नबाधा अड्चनहरुबाट मुक्ति तथा ग्रह, दशा एवं विश्व शान्तिको लागि समाज सेवी एवम यस सस्थाका सल्लाहकार विनोद योन्जन लामाको संयोजकत्व र यस सस्थाका अध्यक्ष टसी कुमार लामाको सहसंयोजकत्वमा  ”कोन्छ्योक च्यिदुईदोग्पा नाम्च्या खोर्लो रिन्जिन नाङ्सा न्हिङ्मो तेरमा” गुरु ढाग्पोको पुजा कार्यक्रम गर्न लागिएको छ ।

प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालको आयोजनमा झ्यारुङ खस्योर छ्योर्तेनको प्राङ्गण बौद्ध परिसरमा १८ गते देखि २० गते सम्म विहान ७ बजे देखि ५ बजे सम्म पुजा कार्यक्रम हुन लागिएको हो ।

उक्त कार्यक्रमको आर्थिक व्यवस्थापन उपसंयोजकमा सस्थाका उपाध्यक्ष सोनम थोकर, सजवाटमा सस्थाका महासचिव खेल बहादुर लामा, खाना व्यवस्थापनमा राजु थोकर, स्वयंसेवक उपसंयोजकमा लवाङ योन्जन र कार्यक्रम प्रचारप्रसारमा  रोज ब. तामाङ रहेका छन् ।

Comments

comments