सुसन सापकोटा (विज्ञान)
चौंरीदेउराली । काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं. ६ मा रहेको श्री प्रभा मा.वि.मा गाउँपालिका स्तरिय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । गाउँपालिका भरिको माध्यमिक विद्यालयलहरुले प्रदर्शनीमा भाग लिएको उक्त कार्यक्रम आज (शुक्रबार) सम्पन्न भएको हो ।

प्रदर्शनीको प्रदेश सांसद रत्न ढकालले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । उद्घाटन गर्दै प्रदेश साम्सद ढकालले आजको युग विज्ञान र प्रबिधिको युग भएकोले अब चौरीदेउराली गाउँपालिकाको हरेक मा वि स्कुलमा प्राविधिक शिक्षाको सुरुवात गर्न लागि परेको बताए ।

प्रदर्शनीमा प्रत्येक विद्यालयले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । विधार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले पहिलो पटक गाउँपालिका स्तरिय प्रदर्शनी आयोजना गरिएको प्रभा मा.विका व्यवस्थापन समिति अध्यक्ष तेज पन्तले तेमाल अनलाईनलाई जानकारी दिए ।

यस्ता कार्यक्रमले विद्यर्थीलाइ अनुसन्धान मुलक कार्यमा उत्प्रेरित गर्ने हुँदा यस्ता क्रियाकलाप गरिनुपर्ने आवश्यकता रहेको गाउँपालिका प्रमुख दिननाथ गौतमले बताए ।






















