चौंरीदेउराली गापाका अध्यक्ष गौतमको शिक्षकहरुसँग गुनासो, ‘गणित विषयमा घटिया रिजल्ट कसरी आयो ?’
फाइल फोटो

सुसन सापकोटा विज्ञान
चौरीदेउरालि । काभ्रे जिल्लाको चौरीदेउरालि गाउँपालिका अध्यक्ष दिननाथ गौतमले गाउँपालिकाको ‘एक घर एक धारा’ मिसनमा सहयोग गर्न गैर सरकारी सस्थाहरुलाई आव्हान गर्नुभएको छ ।

ग्रामीण समाज कल्याण संघ (आर्सो) नेपालले आयोजना गरेको गाउँपालिका स्तरिय खानेपानी सुरक्षा योजना, खानेपानी गुणस्तर तथा पुर्ण सरसफाइ सम्बन्धि तीन दिने तालिमको अवसरमा गौतमले सो कुरा बताएका हुन् ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उनले धेरै जसो गैरसरकारी संघ सस्था शहर केन्दृत हुने गरेको र बिल्कुलै कम मात्रा दुर्गम तिर जाने गरेको बताए । ‘हाल आर्सो नेपाल एकीकृत शहरी विकास केन्द्र र कारितास नेपाल मात्र यस गाउँपालिकामा आइपुगेको छ ।’ उनले भने, ‘सल्लाह को रुपमा लिनुहोस, तपाईंहरु काम गर्न आउनुभएको तीन वटै सस्थाले पहिला एउटा एउटा वडामा लिनुहोस र त्यहा एक घर एक धाराको काम सम्पन्न गर्नुहोस ।’ अनि मात्र अर्को वडा हुँदै सबै घरधुरिमा जान संस्थाहरुलाई अनुरोध गरे ।

सबैतिर हात हाल्ने अनि कतैतिर पनि सम्पन्न नगर्ने ल्होसे पारामा काम गर्ने हो भने अहिले नै फर्किन पनि गौतमले अनुरोध गरे ।आफुले यश वर्ष खानेपानी वर्षको रुपमा घोषणा गरिसकेकोले यस मिसनमा सहयोग गर्न सबैमा अपिल समेत गरे । गाउँपालिकाले यो वर्ष धेरै बजेट खानेपानीमा बिनियोजन गरेको स्मरण गराउदै उनले गाउँपालिकासंग प्राविधिकहरुको कमि रहेको बताउदै गाउँपालिकाको बजेट कार्यान्वयन गर्न प्राविधिक सहयोग पनि गर्न आग्रह गरे ।

वाटरएड तथा एकीकृत शहरी विकास केन्द्रले मिटरसिस्टम सहित एक घर एक धारा कार्यक्रम ल्याएकोले आफुले २ वर्षभित्र प्रत्येक घरमा मिटर सिस्टम सहितको एक घर एक धारा पुर्याउने घोषणा गरेको बताए ।

गाउँपालिकाले संचालन गर्ने खानेपानी आयोजना कसरी सुरक्षित बनाउन सकिन्छ, खानेपानी गुणस्तर कसरी कायम गर्न सकिन्छ र अब पुर्ण सरसफाइका लागि पालिका स्तरमा के के काम गर्न सकिन्छ भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजक आर्सो नेपालले बताएको छ

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।