काठमाण्डाै । बाैद्ध तिनचुलीमा नाम्ग्याल ज्याङ्छुव छ्योलिङ गुम्बाको सिलान्यास सम्पन्न भएको छ । परम् पुज्यनीय टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको बाहुलबाट सम्पन्न भएको हो ।

बौद्ध धर्मको संरक्षण,  प्रवर्द्धन, विकास गर्दै बौद्ध धर्मको धार्मिक, अध्यात्मिक र बैज्ञानिक तबरबाट अध्ययन अनुसन्धान गर्ने एकै थलोको रुपमा विकास गर्नको लागि गुम्बा निर्माण गर्न लागेको हो ।

उक्त कार्यक्रममा धर्मगुरुहरु समाजका बिशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा सिलान्यस सम्पन्न भएको छ । निर्माण हुन लागेको गुम्बाको कुल लागत ४,३८,९०,३८७।- (चार करोड अठ्तिस लाख नौ सय तीन रुपैयाँ) रहेको छ ।

निर्माणधीन गुम्बामा प्रार्थनाहल, बौद्ध स्कुल, लाइबेरी तथा अनुसन्धान केन्द्र, सामुदायीक क्लिनिक, सामाजिक कामको लागि संयोजन गर्ने स्थान, पाहुना घर, मिटिङ कोठा, मणि खोर्लाे तथा स्तुपा समेत रहने छ ।

गत कार्तिक ९ शुक्रबार गते राती विधुत सर्ट भई आगलागी भएको थियो । आगलागीबाट गुम्बामा रहेको बहुमूल्य बुद्ध मूर्तिहरु, पूजा सामग्री, थाङ्का, धार्मिक पुस्तक, फर्निचर, मम्प्युटर लगायत जलेर करिब १ करोड १३ लाख क्षति भएको अनुमान गरिएको थियो ।

बौद्ध, तिनचुलीमा ज्याङ्छुव छ्योलिङ गुम्बाको सिलान्यास

Comments

comments