तेमाल । तेमाल गाउँपालिका वडा नम्वर ९ चोपटार स्थित डुप्पा ने घुमा समाजसेवी विकु थोकरको विषेश पहलमा विषेश पाठपुजा हुने भएको छ ।
थोकरको विषेश पहलमा माघ १६ गते वुधवारका दिन हेलिक्पटरबाट पुष्प वृष्टि सहित श्रद्दय धर्म गुरु अवतारी टुल्कु साङ्के शेडुव ठिन्ले पालशाङपो रिम्पोर्छे तथा खेन्पो फुर्वो तामाङ ज्यूद्दारा डाकिनी तिथिमा गुरु रिम्पोर्छेको पाठबाट छोग मरमे तथा आयु अभिषेक(वाङ) हुने भएको स्थानीय संचारकर्मी सुदिन दोङे जानकारी दिनुभयो ।
डुप्पा ने घु संरक्षण समितिले उक्त दिन गुरु रिम्र्पोछेको तपस्या गरिएको स्थल तथा उहाँको अनुहार आकृत उक्त स्थानमा गुरुहरुको पाठपुजा तथा भविष्यमा धार्मिक पर्यटनलाई बढावा दिने प्रयास स्वरुप उक्त कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।