काठमाडौं : नक्कली रिम्पोछे बनेर बौद्धधर्ममा गैरकानुनी गतिविधि गर्दै आएको भन्दै बौद्धका भूपति लामालाई हटाउन बौद्धबासी र स्थानीय जनप्रतिनिधि जुटेका छन्। भूपतिले रिम्पोछे पदबी नागरिकतामा लेखाएर देशविदेशका बौद्धधर्मालम्बीमाझ गलत प्रचार गर्दे आर्थिक सहयोग लिने काम गर्दै आएका छन् ।

बौद्ध बचाउ चिनिया लामा हटाउ संघर्ष समितिले बौद्धमा एक कार्यक्रमको आयोजना गरी तत्काल नागरिकताबाट रिम्पोछे पद हटाउन र दोस्रो देशको नागरिकता लिने व्यक्तिलाई सार्वजनिक पदमा राख्न नहुने भन्दै हटाउन माग गरेका छन्।

बौद्ध तामाङ कल्याण गुठीका संयोजक, संसद छिरिङ दोर्जे लामा , वडाध्यक्ष देपेन्द्र लामा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, समितिका पुर्वअध्यक्ष सम्पूर्णकुमार लामा, नागरिक अगुवा नेपालजित लामालगायतको भेलाले तत्काल चिनियाँ लामा नामले चिनिने नक्कली रिम्पोछे भूपति लामालाई कारवाही गर्न माग गरेको छ।

भूपति लामाले रिम्पोछे हुँ भन्दै चीनकोसमेत नागरिकता लिएकाले नेपालको सार्वजनिक पदमा राख्न नहुने सरोकारवालाको भनाइ छ । हाल भूपति लामा मेलाम्ची घ्याङ गुठीका अध्यक्ष छन्।

संघर्ष समितिले यही माघ १७ गते दिनको २ बजे बौद्ध क्षेत्रमा बिशाल बिरोध प्रदर्शन गर्ने तयारी समेत गरेको छ संघर्ष समितिले विज्ञप्ति जारी गर्दै नागरिकहरुलाइ बौद्ध बचाउ अभियानमा सहभागी हुन अपिल समेत गरेको छ ।

जिल्ला प्रशासनबाटै नामको अगाडी रिम्पोछे लेखाएर धर्मकै बदनाम गरेको नेपाल बौद्ध महासंघका उपाध्यक्ष आचार्य नुर्वु लामाले बताए । बौद्ध महासंघको सूचीमा भूपति लामा रिम्पोछे नभएको तर राज्यले नागरिकता उपलब्ध गराएर धर्ममाथि नै कुप्रचार गर्न सहयोग गरेको नुर्वुले आरोप लगाए । तत्काल नागरिकता सच्याई दोषीलाई कारबाही गर्न उनले माग गरे।

राजतन्त्र कालमा बौद्ध क्षेत्र मेलाम्ची घ्याङ गुठी सञ्चालन गरी उपभोग गर्न भूपतिकै बाजेलाई दिइएको थियो । राजतन्त्र हटेपछि समिति बनाएर बौद्धनाथको व्यवस्थापनको जिम्मा दिइएको थियो । राजा हटे पनि त्यै शासन कायम गर्न खोजेर बौद्धनाथ क्षेत्र विकास समितिलाई समेत अटेर गरी भूपतिले गैरकानुनी काम गर्दै आएको समितिका अध्यक्ष राजकुमार लामाले बताए।

भूपति विदेश भ्रमण जाँदा कर्मचारीसँग मिलोमतो गरी त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा बिशिष्ठ कक्षको प्रयोग गर्ने गरेको समिति अध्यक्ष लामाले जानकारी दिए । विमानस्थलमा उनीमाथि चेकजाँच नहुदाँ अवैध सामाग्रीसमेत भित्र्याउने गरेको हुनसक्ने लामाले आरोप लगाए । सामान्य व्यक्तिलाई बिशिष्ठ कक्षको प्रयोग गर्न दिनुमा विमानस्थलका कर्मचारीको मिलोमतोमा गैरकानुनी धन्दा गरेको हुनसक्ने आशंका लामाले गरे।

चिनियाँ लामाकै कारण बौद्ध क्षेत्रमा पर्यटक र बौद्धधर्मालम्बीको पुजापाठमा अवरोध हुँदै आएको छ । गैरकानुनी क्रियाकलाप नरोकेको भन्दै बौद्धबासी र बौद्धधर्मालम्बीहरुले विरोधमा उत्रने तयारी समेत थालेका छन्।

सरोकारवालासहितको बैठकमा संसद छिरिङ दोर्जे लामाले भूपति लामाको गैरकानुनी क्रियाकलापमा ध्यान दिनुपर्ने माग गरे । ‘राजा हट्यो तर बौद्धमा राजा हटेको छैन्, अब थिचोमिचो सहिन्न’ सांसद लामाले भने । तत्काल कारबाही नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए।

वडाध्यक्ष दिपेन्द्र लामाले भूपतिलाई कारबाही गर्न माथिल्लो निकायमा आग्रह गरिएको भएपनि चासो नदेखाएको बताए । कानुन भन्दामाथि कोही नरहेको भन्दै प्राचीन स्मारकलाई व्यत्तिगत लाभमा प्रयोग गर्दासमेत राज्य चुप लागि गैरजिम्मेवार बनेको उनको आरोप छ । भूपतिमाथि अब स्थानीयतहबाटै कारबाही थाल्ने सांसद लामाले बताए ।

संघर्ष समितिले यही माघ १७ गते दिनको २ बजे बौद्ध क्षेत्रमा बिशाल बिरोध प्रदर्शन गर्ने तयारी समेत गरेको छ संघर्ष समितिले विज्ञप्ति जारी गर्दै नागरिकहरुलाइ बौद्ध बचाउ अभियानमा सहभागी हुन अपिल समेत गरेको छ ।

यस्तो छ संघर्ष समितीले जारी गरेको विज्ञप्ति र अपिल

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।