राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको दोश्रो सत्रका लागि सिन्धुपाल्चोकका रबिन छनौट

काठमाडौं । काठमाडौं स्थित लीडरशीप एकेडेमी र अमेरिकास्थित युनिभर्सिटि अफ सान डिएगो, क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस (University of Sani Diego, Kroc School & Kroc Institute for Peace and Justice (IPJ)  को संयुक्त आयोजनामा सञ्चालित राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम (Nepali Emerging Leaders Program) को दोस्रो शैक्षिक सत्रका लागि प्रदेश नम्बर ३ को सिन्धुपाल्चोकबाट रबिन लामा छनौट भएका छन् ।

https://temalonline.com/?p=10733
छनौट भएका लामा विद्यार्थी जीवनदेखि नै राजनैतिक तथा सामाजिक काममा सक्रिय रहँदै आएका छन् । छनौट भएपछि प्रतिक्रिया दिंदै लामाले यस कार्यक्रमका विशेषज्ञ, स्थापित राजनीतिज्ञ, विज्ञको अनुभव, मार्गदर्शन, सहयोग तथा सिफारिसले युवा नेताहरुलाई छोटो समयमा मूलधारमा पुग्नलाई उत्प्रेरकको काम गर्न सक्ने मेरो विश्वास व्यक्त गरे । ‘यस राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमले भविष्यमा देशकै नेतृत्व गर्न सक्ने युवा नेता तथा नेतृ तयार गर्न सक्ने अपेक्षा मैले लिएको छु ।’ उनले भने, ‘अध्ययनको दौरानमा हुने अन्तरक्रिया, अनुभव आदानप्रदान तथा अग्रजहरुबाट प्राप्त हुने मार्गदर्शनले ममा नेतृत्व क्षमताको बिकास अझ भएको छ ।’

युवा नेतृत्वमा प्रतिस्पर्धा गर्नका लागि आत्मविश्वासको कमी भएकोले यस्तो कार्यक्रमले आत्मविश्वास वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै लामाले कार्यक्रमबाट अरुको बिचार सुन्ने, अर्काे क्षेत्रको ज्ञान हासिल गर्ने, हरेक कुरालाई वृहत र सकरात्मक रुपले हेर्ने मौका मिलेको बताए ।

लामा विद्यार्थी जीवनदेखि नै सामाजिक काममा सक्रिय छन् । उनंले स्थानीय स्तरमा युवा क्लब तथा विभिन्न संघसंस्थाहरुसंग काम गरिरहेका छन् । लामा अहिले नेकपा सिन्धुपाल्चोक, ठूलोपाखर गाउँ कमिटीका सदस्य समेत हुन् । २०७२ सालको महाभुकम्प पछि संयुक्त राष्ट्संघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनमा सम्बद्द भइ उद्दार, पुनःस्थापना र पुननिर्माणमा सक्रृय थिए । लामा आफ्नो समुदायको भाषा, संस्कृति तथा विभिन्न सामाजिक तथा राजनितिक मुद्दालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गराउन कार्य गर्दै आएको सस्था अन्तराष्र्टि«य तामाङ परिषदको नव निर्वाचित सचिव पनि हुन् ।

Comments

comments