हैबुङमा ल्होछार साँस्कृतिक कार्यक्रम हुने

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिाका वडा नं. ३, हैबुङमा सोनाम ल्होछारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको साँस्कृतिक पर्वको रुपमा रहेको सोनाम फाग ल्होछार साँस्कृतिक कार्यक्रम आगामी माघ २२ गतेका दिने हुने भएको हो ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको वडा सदस्य रामबहादुर तामाङले तेमाल अनलाईनलाई जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल तामाङ घेदुङको पुर्व महसचिब तथा सल्लाहकार कुमार तामाङ, विशेष अतिथिमा नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष रेशम स्याङबो र वडा अध्यक्ष बसन्त गुरुङको सहभागीता हुने हैबुङ तामाङ समाजका अध्यक्ष प्रविण ब्लोन तामाङले बताएका छन् ।

कार्यक्रमलाई उत्साह र मनोरञ्जन प्रदान गर्नसेलो गायक दिर्गा सिङ ठाकुरी, राज दोङ, सीता तामाङ, प्रतिक मोक्तान र विजय थिङको बेजोड प्रस्तुति रहने आयोजकले बताएको छ । साथै कार्यक्रममा स्थानीया कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने छ । कार्यक्रम वडा कार्यालयको प्रांगनमा हुने भएको छ

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।