
तेमाल । तेमाल गाउँपालिका वडा नम्वर ९ चोपटार स्थित डुप्पा ने घुमा समाजसेवी विकु थोकरको विषेश पहलमा विषेश पाठपुुजा सम्पन्न छ ।
थोकरको विषेश पहलमा हेलिक्पटरबाट पुष्प वृष्टि सहित श्रद्दय धर्म गुरु अवतारी टुल्कु साङ्के शेडुव ठिन्ले पालशाङपो रिम्पोर्छे तथा खेन्पो फुर्वो तामाङ ज्यूद्दारा डाकिनी तिथिमा गुरु रिम्पोर्छेको पाठबाट छोग मरमे तथा आयु अभिषेक(वाङ) भएको हो ।
गुरु पद्म संभव अर्थात रिम्पोर्छेले तपस्या गर्नुभएको उक्त स्थलमा उहाँको मुखाकृतिको प्रचार प्रसार एवं धार्मिक पर्यटन प्रर्वधनका लागि विषेश पाठ पुजा सहित हेलिकप्टरबाट पुष्प वृष्टि गरिएको स्थानीय बासी एवं अायोजकले जानकारी दिनुभयो । 
उहाँका अनुसार गुरु रिर्पोछेको मुखाकृति अंकित प्राकृतिक संरचनाको विषयमा प्रचार प्रसार एवं जानकारी नहुँदा उक्त स्थान बत्ती मुनिको अध्यारो जस्तो भएकाले आफूहरुको पहललाई धर्मगुरु एवं समाजसेवी विकु थोकरले सहज रुपमा स्विकार्नु हुँदा आफू निकै हर्सित भएको बताउनुभयो। 
धार्मिक पर्यटनको प्रचुर सम्भावन रहेको उक्त स्थलको प्रचार प्रसार गर्न सके हिन्दु तथा बौद्य धर्मालम्विको धार्मिक पर्यटकिय स्थलका रुपमा उक्त स्थान विकास गर्ने हेतुले डुप्पा ने घु संरक्षण समितिको आयोजनामा कार्यक्रम भएको उहाँले जानकारी दिनुभयो ।






















