चौरिदेउराली । काभ्रेको चौरिदेउराली-६ मा २८५५ औं सोनाम ल्होछारको अबसरमा बृहत साँस्कृतिक कार्यक्रमका साथ ल्होछार मनाइने भएको छ ।
धिनिमहेन्दो तामाङ उत्थान समाजद्वारा आगामी माघ २१ र २२ गते भब्यताका साथ ल्होछार मनाउन लागेको समाजका अध्यक्ष राजकुमार मोक्तानले बताएकाछ्न ।
तामाङ भाषा, सस्कृति र रितिरिवाजको जगेर्ना गर्ने उदेश्यले ल्होछारको अबसर पारेर २८५५अौ फाक ल्होछारको अबसरमा उक्त कार्यक्रम गर्न लागिएको अध्यक्ष मोक्तानको भनाइ छ ।
कार्यक्रममा चौरी देउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमको प्रमुख आतिथ्य र वडाध्यक्ष रेशम चौलागाईं बिशेश अतिथ्यमा हुने उनले जानकारी दिए ।
दुई दिने उक्त कार्यक्रम अनुसार २१ गते १० वटा नि.मा.बि स्तरिय बिज्ञान बिषयको हाजिरिजवाफ प्रतियोगिता हुने छ । साथै २२ गतेका दिन शुभकामना आदानप्रदान तथा हाजिरिजवाफ प्रतियोगितामा प्रथम, दिदिय, तृतीय र सान्त्वना प्रतियोगीहरुलाइ पुरस्कार प्रदान गरिने छ ।
त्यसैगरी धर्मशाला निर्माण तथा गौतम बुद्धको प्रतिमुर्ती निर्माण साथै जग्गा उपलब्ध गराउने ब्यक्तीहरुलाई सम्मान गरिनुको साथै प्रमुख अतिथिबाट गौतम बुद्धको मुर्तिको शिलान्यास गरिने भएको छ ।
साथमा बिबिध झाकी प्रदर्सन गर्नुको साथै चर्चित गायक अमृत लामा तथा गायिका सुनिमाया मोक्तानको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।






















