बनेपा । काभ्रे जिल्लाको बनेपामा तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछारको उपलक्ष्यामा बृहत साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रम ‘२८५५ औं ड्वा ल्हो भव्यताका साथ मनाऔं ! सोनाम ल्होछारलाई राष्ट्रिय साँस्कृतिक पर्बका रुपमा विकास गरौं !!’ भन्ने मुल नाराका साथ डाँडाँपारि सोनाम ल्होछार मुल आयोजक समितिद्वारा आयोजना गरिएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि समेत रहेको तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालका केन्द्रिय संयोजक तथा नेकपाका नेता सूर्यमान दोङ लालध्व्जले प्रदेशको नामाकरण पहिचानको आधारमा हुनपर्ने बताए ।
आफूहरुले संघीयताको लागि १० वर्षसम्मा जनयुद्ध गरेको बताउँदै नेता लालध्वजले प्रदेशको नामाकरण नेवा–ताम्सालिङ हुनुपर्ने माग समेत गरे ।
त्यसैगरि प्रदेश सांसद चन्द्र लामाले शुभकामना मन्तव्य राख्दै प्रदेशको नामाकरण र राजधानीको लागि संसदमा लड्ने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा ख्यातिप्राप्त कलाकारहको प्रस्तुति रहेको थियो ।






















