काभ्रेको खार्पाचोकमा ल्होछार बृहत साँस्कृतिक कार्यक्र हुने

रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं ८ स्थिति खोर्पाचोकमा २८५५ औं ड्वा सोनाम ल्होछारको उपलक्ष्यमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

खार्पाचोक युवा क्लवको आयोजनामा आागाी माघ २८ गते हुन लागिएको हो । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको क्लवका अध्यक्ष लालवहादुर घिसिङले तेमाल अनलाईनलाई जानकारी दिए ।

कार्यक्रमको उद्घाटन प्रदेश ३ का मनानीय उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा हुने अध्यक्ष घिसिङले बताए ।

‘सम्पूर्ण तामाङ एकजुट भई भषा, धर्म र सँस्कृतिको संरक्षण गरौं, पहिचान सहितको ल्होछार भव्यताका साथ सफल पारौं ।’ भन्ने नाराका साप्तव्यापी रपमा ल्होछार मनाउन लागेका छौं ।’ उनले भने, ‘आफ्नो धर्म संस्कृतिको रक्षा हामी आफैले गर्नु पर्छ त्यसैले क्लवले तामाङ मौलिक पर्व सोईनम खेल्ने परम्परालाई निरन्तरता दिदैछौं ।’

क्लवले मैत्रीपूर्ण खेलकुद प्रतियोगिता, सोईनमगि कार्यक्रम, सरसफाई कार्यक्रम, अग्रजबाट मोलम थाप्ने कार्यक्रम पछि बृहत साँस्कृतिक कार्यक्रम गर्ने क्लवका सचिव सिंगवहादुर मोक्तानले जानकारी दिए ।

बृहत साँस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरू ईन्दिरा गोले, सन्जिव वाईवा ,विशाल काल्तान, रामवावु योञ्जन, च्वाईस दोङ, अमिर दोङ, सुष्मा मोक्तान, युनिक दोङ, कोशिस थोकर लगायतका कलाकारहरूको प्रस्तुति रहने छ । साथै कार्यक्रममा पुष्प जनजगारण साँस्कृतिक परिवार र स्हेङजी क्र्युको विशेष नृत्य प्रस्तुती पनि रहने छ ।

प्रत्येक वर्ष ल्होछारको अवसरमा क्लबले विभिन्न कार्यक्रमहरु गर्दै आएकोमा यस वर्ष पनि भिन्न तरिकाले कार्यक्रमको आयोजना गरिएको आयोजकले बताइएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।