काभ्रे । तामाङ समुदायको साँस्कृतिक पर्व २८५५ औं ड्वा ल्हो सोनाम ल्होछार नजिकिदै गर्दा काभ्रेको स्थानीय तहहरुले सार्वजनिक विदा दिने निर्णय धमाधम गर्न थालेको छ ।
रोशी गाउँपालिकाबाट सार्वजनिक विदा दिन शुरु भएकोमा जिल्लाको प्राय स्थानीय तहले सार्वजनिक विदा दिने क्रम बढेको छ । यसैक्रममा काभ्रेको भुम्लु गाउँपालिका र नमोबुद्ध नगरपालिकाले सोनाम ल्होछारमा २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । दुवै स्थानीय तहको आज (आइतबार) बसेको कार्यपालिकाको बैठकले सार्वजकि विदा दिने निर्णय गरेको हो ।
निर्णय अुनसार दुवै स्थानीय तहले आगामी माघ २२ र २३ गते सार्वजनिक विदा दिने निर्णय गरेको बताईएको छ । सो दुई दिन सबै सरकारी कार्यालय, शिक्षण संस्थाहरु बन्द हुने सूचनामा जनाएको छ ।
यस अघि रोशी, तेमाल, महाभारत, खानीखोला, चौरीदेउराली लगायतका गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गसिकेको छ ।
नमोबुद्ध नगरपालिकाद्वारा जारी सूचनाः

भुम्लु गाउँपालिकाद्वारा जारी सूचना























