काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ५ कानपुरमा २८५५ औं ड्वा ल्हो सोनााम ल्होछारको उपलक्ष्यमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
ल्होछार कार्यक्रम मूल समारोह समितिका सदस्य श्री सी. एस. लामाका अनुसार आगामी माघ २६ र २७ गते कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा नमोबुद्ध नगरका मेयर टी.पी. शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यता तथा वडा नं ५ का वडा अध्यक्ष बुद्ध सिं तामाङ, नेकपाका नेता श्री रत्न लामा, नेपाली काँग्र्रेसका नेता कुन्साङ लामा विशेष अतिथिको रुपमा उपस्थित हुने दो जानकारी दिए ।
के के छन् कार्यक्रमका आकर्षणहरु ?
कार्यक्रममा लामा गुरुबाट पूजापाठ, तामाङ सस्कृति झल्किने विभिन्न झाँकी, स्थानीय ताम्बाहरुको विशेष प्रस्तुति रहनेछन् भने साथमा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरु वरिष्ठ गायक तथा संगीतकार जय नन्द लामा, वरिष्ठ गायक विश्व दोङ, वरिष्ठ गायक राम बाबु योञ्जन, गायक प्रयास दोङ, प्रतिक मोक्तान, युनिक दोङ, सानुबाबु घिसिङ, मिलन लामा हाँस्य कलाकार सुवोध गौतम, लोकदोहोरी गायक नवराज घोरासैनी, दोहोराी गायक राजेन्द्र लामा, बाल गायक विक्रम कार्की लगायत अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।






















