काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता गोपालमान श्रेष्ठले काँग्रेसको सरकार आए वर्तमान सरकारले कटौती गरेको सबै विदा खारेज गर्ने बताएका छन् ।
आज ( मंगलबार) तामाङ समुदायका साँस्कृतिक पर्व सोनाम ल्होछारको उपलक्ष्यमा टुँडिखेलमा आयोजित बृहत महोत्सवलाई सम्बोधन गर्दै नेता श्रेष्ठले उक्त कुरा बताएका हुन् । वर्तमान सरकारले विभिन्न पर्वहरुमा सार्वजनिक विदा कटौति गरेर अत्यन्तै कन्जुस्याई गरेको उनको आरोप छ ।
‘अहिलेको सरकारले अत्यन्तै कन्जुसाई गरेको छ । ल्होछारको विदा अहिलेको सरकारले कटौती गरेको छ ।’ उनले भने, ‘हाम्रो सरकार हुँदा ल्होछारको विदा दिएका थियौं । नेपाली काँग्रेसको सरकार आउँदा ल्होछारमा विदा मात्र होइन, तोप समेत पड्काउने छौं ।’
नेपाली काँग्रेस कुनै एउटा वर्गको मात्र पार्टी नभई सबैको पाटीृ भएको जिकिर गर्दै आफ्नोे पार्टी भित्र सबै जातजातिहरुको प्रतिनिधित्व रहेको प्रष्ट पारे ।
यस अघि नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेले दशैं जस्तै गरि सोनाम ल्होछारको सम्मानमा तोप पड्काउन सरकारसँग माग गरेका थिए ।






















