काठमाडौं- बाैद्ध, ज्यारुङ खास्याेर परिसरमा हिमालयन महायानी बौद्ध धर्मालम्बीहरुको नयाँ वर्ष २१४६ औं ‘‘सा मो” ”फाग-ल्हो” (बँदेल वर्ग) लोसारको अवसरमा भव्य पूजा सम्पन्न भएको छ ।परम् पुज्यनिय डाेल्पाे टुल्कु रिन्पाेछे

उक्त पुजा कार्यक्रम १८ गते सुरु भइ २० गते सम्पन्न भएकाे हाे । १८ गते परम् पुज्यनिय डाेल्पाे टुल्कु रिन्पाेछेकाे उपस्थिति रह्याे भने १९ गते परम् पुज्यनिय टुल्कु लाेसाङ नाम्ग्याल रिन्पाेछेकाे उपस्थिति रहेकाे थियाे । साे पुजा कार्यक्रममा १९ र २० सस्थाका प्रमुख लामा ङाक्पा ह्राङ्डाेबाट “सेरक्याम छ्याम” समेत भएकाे थियाे ।

परम् पुज्यनिय लाेसाङ नाम्ग्याल रिन्पाेछे

साथै गुताेर पुजामा लाेपेन तथा लामा गुरुहरु गरि १०० (सय) जना भन्दा धेरैकाे सहभागी रहेकाे थियाे । पुजाकाे अन्तिम दिन २० गते लामाहरुबाट बाजागाजा सहित बाैद्ध चिहानमा लगेर गुरु ढाक्पाेकाे स्हाेर समेत जलाएका थिए ।

कार्यक्रम प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालको आयोजनमा झ्यारुङ खस्योर छ्योर्तेनको प्राङ्गण बौद्ध परिसरमा भएकाे हाे । समाज सेवी एवम यस सस्थाका सल्लाहकार विनोद योन्जन लामाको संयोजकत्व र यस सस्थाका अध्यक्ष टसी कुमार लामाको सहसंयोजकत्वमा  ‘नितिपति (तेरतोन) जाछोन” ञिङ्पो तेर जाछोन पेडुग नितिकोषबाट निकाल्नु भएको कोन्छ्योक च्यिदुई गुरु ढाग्पो (गुरु क्राेधी) पुजा कार्यक्रम भएकाे थियाे ।

गुरु ढाक्पाे

संसारिक प्राणी जगत हितको निमित्त र समस्त मानव जगतमा आइपर्ने विघ्नबाधा अड्चनहरुबाट मुक्ति तथा ग्रह, दशा एवं विश्व शान्तिको लागि गरिएकाे कार्यक्रममा आर्थिक व्यवस्थापन उपसंयोजकमा संस्थाका उपाध्यक्ष सोनम थोकर, सजावटमा स‌स्थाका महासचिव खेल बहादुर लामा, खाना व्यवस्थापनमा राजु थोकर, स्वयंसेवक उपसंयोजकमा लवाङ योन्जन र कार्यक्रम प्रचारप्रसारमा  रोज बहादुर तामाङ रहेका थिए।

सेरक्याम छ्याम गर्दै धर्म गुरु ङाक्पा ह्राङ्डाेल

सस्थाले २३ गते अाफ्नै कार्यलय बाैद्ध-६, तामाङ भवन (छाेक्पा) मा उक्त पुजाको समिक्षा बैठक एवं आय व्यय बारे जानकारी संगै कार्यक्रममा अर्थिक, भाैतिक सहयाेग गर्नुभई कार्यक्रम सफल गराउने महानभावहरुलाई सम्मान साथै छोक्पा सदस्य ज्युहरु बीच लोसार मनाउने कार्यक्रम रहेकोे हुँदा सम्पुर्ण सदस्य तथा आफन्तहरु सहित लोछार मनाउन हार्दिक निमन्त्रणा समेत गरेकाे छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।