धुलिखेल । सामुदायिक विद्युत उपभोक्ता जिल्ला महासंघ काभ्रेको तेस्रो जिल्ला अधिवेशनले संग्रामजीत लामाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्वाचित भएका छन् ।
अधिवेशनले उपाध्यक्षमा सुनबहादुर लामा, सचिव डिल्ली प्रसाद रेग्मी, सह–सचिवमा चन्द्र सिं तामाङ, कोषाध्यक्ष बबिता बोहोरा, सदस्यहरुमा सानुकान्छा तामाङ, राजकुमार लामा, कृष्ण कुमार कार्की, ललिता चिमौरिया, राम लामा, इन्द्र पाण्डे, हरि प्रधान, नोर्बु लामा र चन्द्रमाया लामालाई निर्वाचित गरेको छ ।
‘जनताको सहभागीतामा सामुदायिध ग्रामिण विद्युतिकरण, सर्वसुलभ गुणस्तर र सुरक्षित विद्युतिमा सबैको पहुँच र अधिकार’ भन्ने मुल नाराका साथ सम्पन्न तेस्रो अधिवेशनको उद्घाटन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका थिए ।
काभ्रेमा १४ वटा सामुदायिक विद्युत उपभोक्ता संस्थााहरु रहेका छन् । ग्राहक संख्या १२ हजार ३३ रहेको कार्यक्रममा जानकारी दिइयो ।






















