ललितपुरको बागमती गापामा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न

ललितपुर । जिल्लाको बाग्मती गाँपालिकामा सोमबार सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

तामाङ समुदायको महान चाड अर्थात नयाँ वर्ष २८५५ औ ड्वा( सुँगुर) वर्षको अवसरमा बागमती गाउँपालिकाले बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।  कार्यक्रमको सह–आयोजना तामाङ एकता महा अभियानले गरेको थियो ।

कार्यक्रममा बागमती गाउँपालिका प्रमुख वीर बहादुर लोप्चानको प्रमुख आतिथ्यमा तथा उप–प्रमुख रन्जना घिमिरेको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

त्यसैगरि बागमती गाउँपालिकाका प्रसासकीय अधिकृत युवराज आचार्य, जिल्ला प्रशासन कार्यालय, ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, महानगरीय प्रहरी परिसर ललितपुरका वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुक, दक्षिणकाली गण खुमुल्टारका सशस्त्र प्रहरी उपरीक्षक शिव श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रहरी अनुसन्धान उपरीक्षक पप्पु शर्मा पौडेल, राजदल गण लगनखेलका कार्णेल सुरज गुरुङ, महानगरीय प्रहरी बृत्त चापागाँउका प्रहरि नयव उपरीक्षक राजकुमार खिउ, भैरव गण लेले ब्यारेकका प्रमुख कार्णेल रणबहादुर खड्का, नेपाल तामाङ संघका केन्द्रीय अध्यक्ष कवेल बहादुर लामा, कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपि सिङतान, गोदावरी नगरपालिका कार्यबाहक मेयर गिरिप्रसाद तिमल्सिना लगायतका उपस्थिति रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष लोप्चानले सबै समुदायको चाडपर्वको सम्मान गर्नुपर्ने बताउदै सबैलाई बराबरी ढंगले हेर्नुपर्ने बताए । ‘गाउँपालिकामा विभिन्न फुलको फुलबारी छ । हामीले यो फुलबारीका फूललाई समान ढंगले हेर्नुपर्छ ।’ उनले भने, ‘पर्यटन लागि गन्तव्य स्थलमा आकर्षण गराउनका लागि गाउँपालिकाको आयोजनामा तामाङ समुदायको सोनाम ल्होछार कार्यक्रम गरेका हौं ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।