लूटपाट गर्ने ५ जना पेस्तोल र गोली सहित पक्राउ

काभ्रे । जिल्लाको बनेपामा रहेको बाणिज्य बैकबाट नक्कली हस्ताक्षर गरी रकम निकाल्ने तीन विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । खातावालाको हराएको चेकबुक प्रयोग गरि ती विद्यार्थीहरुले रकम निकालेको प्रहरीले जनाएको छ ।

बनेपा इलाका प्रहरीले बैंकमा इन्ट्रनशिप गर्ने २ जना विद्यार्थी सहित ३ जनालाई बुधबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक निरञ्जन भट्टराईले बताए । पक्राउ पर्नेमा दोलखा घर भएका रोशन श्रेष्ठ, रामेछाप घर भएका अमृत श्रेष्ठ र काभ्रे घर भएका गोबिन्द सापकोटा रहेका छन् । तीन जना मध्यमा २ जना बनेपामा रहेको ज्ञानकुञ्ज कलेजमा बिबिएस तेस्रो बर्षमा आध्ययनतर बिद्यार्थी हुन् ।

यस्तो छ घट्ना क्रम
बेथानचोक गाउँपालिका–४ का सुकदेब तामाङले बनेपामा रहेको बाणिज्य बैंकमा माघ १७ आफ्नो चेकबुक भुलेर छोडेका थिए । उक्त चेकबुक बंैकमा इन्टर्नशिपमा रहेका बिद्यार्थीहरुले नक्कली हस्ताक्षर गरेर धुलिखेलमा रहेको बाणिज्य बैंकबाट माघ २१ गते रकम निकालेका थिए ।

एक्कासी तामाङको मोवाइलमा बैंकबाट आफ्नो खातामा रहेको रकम निकालेको जानकारी आएको थियो । जनाकारी पाउनसाथ उनले इलाका प्रहरी कार्यालय, बनेपामा निबेदन दिएको खातावाला तामाङले बताए ।

प्रहरीले अनुसन्धान गर्ने क्रममा तीन जनालाई पक्राउ गरेको थियो । इलका प्रहरी कार्यालयका इन्स्पेक्टर भट्टराईका अनुसार थप अनुसन्धान र बैकिङ कसुर अन्तर्गत दोषिलाई कार्बहीको लागि आजै जिल्ला पठाइएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।