काठमाण्डाै – बाैद्ध,  प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालकाे अायाेजनामा ज्यारुङ खास्याेर बाैद्ध परिसरमा भएकाे गुरु ढाक्पाे (गुताेर) पुजाकाे समिक्षा तथा अर्थिक अायव्यय प्रतिवेदन र उक्त पुजा कार्यक्रममा सहयाेग पुर्याउनु भएका महानुभावहरुलाई एक कार्यक्रमकाे अायाेजना गरि सम्मान गरिएकाे छ ।

उक्त कार्यक्रम २३ गते बुधबार सस्थाकाे कार्यलयमा सस्थाका प्रमुख लामा ङाक्पा ह्राङ्डाेलको अध्यक्षतामा गरिएकाे थियाे । बाैद्ध परिसरमा गरिएकाे पुजा कार्यक्रमकाे अर्थिक अायव्यय प्रतिवेदन सस्थाका सचिव कुमार थाेकरले प्रस्तुत गरेका थिए भने कार्यक्रम सस्थाका महासचिव खेल बहादुर लामाले संचालन गरेका थिए । बाैद्ध परिसरमा गरिएकाे पुजा कार्यक्रममा संकलन रकम तथा अाम्दानी रु. ११,१५,४१०।- भएकाे थियाे भने ६,२६,२३०।- रुपैयाँ खर्च भएको र ४,८९,१८०।- रुपैयाँ सस्थाका बैंक खातामा जम्मा गरेका छन् ।

कार्यक्रममा सस्थाका प्रमुख लामा ङाक्पा ह्राङ्डाेलले बाैद्ध परिसरमा गुरु ढाक्पाे पुजा कार्यक्रम गर्नुका कारण र उदेश्य समेत बताएका थिए । सस्थाका सल्लाहकार विनोद योन्जन लामाले अाफुलाई कार्यक्रमकाे संयोजक बनाएकाेमा र यस सस्थाकाे अर्थिक पारदर्शिता देखेर खुशी ब्यक्त गरेका थिए । पुजा कार्यक्रममा अर्थिक भाैतिक रुपमा सहयाेग गर्नु भएका सबै महानुभावहरुलाई याेन्जनले धन्यवाद दिनुभएकाे छ ।

यस सस्थाद्वारा प्रतेक शनिबार बिहान ७ देखि ९ बजे सम्मा संचालन भैइरहेको मन्जुश्री बाल कक्षा संचालनमा सहजताको लागी अक्षयकोष खडा गर्नको निमित्त समाज सेवी बिक्रम याेन्जनबाट रु. ११०००।- र सस्थाका सदस्या जगत तामाङबाट  रु. १५,०००।-  काे चेक दिएका छन् भने सस्थाका सदस्य एवं सस्थाप्रती माया गर्नुभएका महानुभावहरुबाट गरि जम्म रु. ५७,४६०।- रुपैयाँ संकलन भएको छ । सहयाेगी सम्पुर्ण महानुभावहरुमा सस्थाका उपाध्यक्ष साेनाम थाेकरले हार्दिक धन्यवाद दिनुभएकाे छ ।

हिमालयन महायानी बौद्ध धर्मालम्वीहरुको नयाँवर्ष २१४६ अाैं फाग ल्हो, सा-माे (बँदेल वर्ष) लोछारको पावन अवसरमा माघ १८ देखि २० गते सम्मा संसारिक प्राणी जगतको हितको निमित्त प्राचीन अनुवाद एकमातृ गुरुसंघ, नेपालले ज्यारुङ खास्याेर बाैद्ध, परिसरमा अायाेजना गरेकाे पुजा कार्यक्रम सभ्य र भव्यताकाे साथ सम्पन्न गरिएकाे थियाे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।