काभ्रेमा टिफर दुर्घटना, ३९ जना घाइते, २ को मृत्यु, विरामीको अवस्था बुझ्ना सांसद बमध्वज अस्पतालमा

काभ्रे । जिल्लाको तेमाल–९ तित्रेटार काभ्रेबाट रामेछापको कोदोपेमा बेहुली लिएर फर्केको टिफर दुर्घटना भएको छ । आज साँझ करिब ५ बजे भएको दुर्घटनामा परि २ जनाको मृत्यु भएको र ३९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

काभ्रेमा टिफर दुर्घटना, ३९ जना घाइते, २ को मृत्यु, विरामीको अवस्था बुझ्ना सांसद बमध्वज अस्पतालमा

मृत्यु हुनेमा तेमाल–९ का च्युम्पाई तामाङ र २२ वर्षिय कृष्णमाया माझी रहेको र घाइतेहरुको विवरण भने संकलन गर्ने क्रममा रहेको प्रहरीले जनाएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका स्थित कमेरेमा दुर्घटना भएको थियो । प्रहरीका अनुसार गम्भीर घाइते १३ जना काठमाडौ रिफर गरिएको । अन्य घाइतेहरुको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ । पूर्ण विवरण भने आउन बाँकी छ ।

काभ्रेमा टिफर दुर्घटना, ३९ जना घाइते, २ को मृत्यु, विरामीको अवस्था बुझ्ना सांसद बमध्वज अस्पतालमा

सांसद बमध्वजले भेटे घाईतेहरु

संघीय सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले विरामीहरुलाई धुलिखेल अस्पतालमा भेटेका छन् । घाइतेहरुको अवस्था बुझ्न सांसद बमध्वज अस्पतालमै आएका थिए । उनले सबै घाइतेहरुलाई भेटेर स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

काभ्रेमा टिफर दुर्घटना, ३९ जना घाइते, २ को मृत्यु, विरामीको अवस्था बुझ्ना सांसद बमध्वज अस्पतालमा

दुर्घट्ना यसरी भएको थियो

जन्ती लिएर आएको उक्त ट्रक चालकले मादक पदार्थ सेवान गरेको एक घाइतेले तेमाल अनलाईनलार्इृ बताएका छन् । विपि राजमार्गमा आईपुग्न वित्तिकै चालक खड्का माझीले ६ नं. गेयरमा गाडि कुदाएको उनले बताए ।  जव टिफर मोडमा आईपुग्दा स्पीडमा भएको गाडीलाई नियन्त्रणमा राख्न सकेकनन् र गाडि पल्टेको थियो ।

काभ्रेमा टिफर दुर्घटना, ३९ जना घाइते, २ को मृत्यु, विरामीको अवस्था बुझ्ना सांसद बमध्वज अस्पतालमा

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।