खानीखोला । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले ५ वर्षभित्रमा बृद्धाभत ५ हजार पु¥याउने बताएका छन् ।
काभ्रेको खानीखोला गाउँपालिकामा तामाङ समुदायको साँस्कृतिक पर्व २८५५ औं सोनाम ल्होछारको अवसरमा आयोजित ल्होछार साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हुन् ।
‘अहिले बृद्धभत्ता बढाएन भन्ेन चिन्ता छ, ५ वर्ष भित्र हामी बृद्धाभत्ता ५ हजार पु¥याउछौँ ।’ उनले भने, ‘अनि सरकारले अहिले सामाजिक सुरक्षा कार्यक्रम पनि लागू गरेको छ ।’ मन्त्री बाँस्कोटाले जागिर खाने छोराछारीले बाबुआमाको लागि पनि आफुले खाएको तलबको ८ प्रतिशत बैंक खातामा राख्नु पर्ने र नराखेमा सरकार आफैले राख्ने व्यवस्था गरिसकेको बताए ।
‘यो सरकारले वृद्ध–वृद्धाका लागि चालेको कदम हो । सामाजिक सुरक्षा कोषबाट अब लाखौँ मजदुरले पेन्सन पाउने अवस्थाको सिर्जना भएको छ ।’ उनले भने, ‘जसले जे भने पनि हामी जनताको साथमा छौँ । हामी उल्टो बाटो हिडेका छैनौँ, सुल्टो बाटो हिडेका छौँ । विकास, समृद्धि र समुन्नत समाज अनि न्यायको बाटो हिडेका छौँ ।’
दम्भ होइन जिम्मेवारी
सरकारले दुई तिहाईको दम्भ देखायो भनि भइरहेको विरोधलाई मन्त्री बाँस्कोटाले दम्भ नभई जिम्मेवारी बताएका छन् । ‘अरुले दुईतिहाईको दम्भ भयो भनिरहेका छन् । दुईतिहाई कुनै दम्भ होइन, जिम्मेवार छ ।’ उनलेभने, ‘यसले जिम्मेवार ढंगले काम गर्छ ।’
भूकम्प पिडितको पैसा नरोक्नु, तुरुन्तै दिनु
मन्त्री बाँस्कोटाले जनताले जस्तो घर बनाए पनि भूकम्प पिडितको पैसा नरोकी तुरुन्तै दिन निर्देशन समेत जारी गरे । ‘अहिले इञ्जिनियरहरुले दुख दिएको सुन्छु, गाउँपालिकाका अध्यक्ष यही हुनुहुन्छ, म निर्देशन दिन चाहन्छु, जस्तो घर बनाए पनि भुकम्प पीडितको पैसा नरोक्नु, तुरुन्तै दिनु ।’ उनले भने, ‘इन्जिनियरले जे भने पनि भुकम्पापछि घर बनाएका जनताले पैसा पाउनुपर्छ । जसले दिन मान्दैन त्यसलाई कारबाही गर्नुस् । किनकी सरकारले भुकम्पपीडितले जस्तो घर बनाए पनि पैसा दिने निणर्य गरेको छ ।’
खानीखोला गापामा बजेट हाल्ने काम मेरो हो म पूरा गर्छु
खानीखोला गाउँपालिकाको विकासको लागि समानीकरण र समपुरक बजेटको माग गर्न गाउँपालिका अध्यक्षलाई मन्त्री बाँस्कोटाले अनुरोध गरे ।
‘गाउँपालिकालाई म के भन्न चाहन्छु भने अब समानीकरण र समपुरक बजेटको माग गर्दै संघीय सरकारलाई परियोजना पेश गर्न आवश्यक छ ।’ उनले भने, ‘यो गाउँपालिकाले बजेट माग गरी पेश गरेको परियोजनामा बजेट हाल्ने काम मेरो हो, त्यो म पूरा गर्छु । मैले जनताको दुख नजिकबाट नियालेको छु ।’ जनता कति दुखमा छन्, भन्ने कुरा आफू डाँडापािरमा आएर थाहा पाएको उनले बताए ।
खानीखोलामा बैंक पनि आउँछ
खानीखोला गाउँपालिकामा बैंक नआएको गुनासो आएको बताउँदै मन्त्री बाँस्कोटाले यस गाउँपालिकामा बैंक आउने बतावतरण बनाउने प्रतिबद्धता जाहेर गरे ।
‘अहिले खानीखोलामा बैँक आएन भन्ने गुनासो पनि सुनियो । इन्टरनेटको कारण बैँक आएन भनेर भन्नुभयो ।’ उनले भने, ‘म के भन्न चाहन्छु भने अब इन्टरनेट भएन भनेर बस्ने होइन, निवेदन दिनुहोस, गाउँपालिकालाई २ वर्षसम्मलाई फ्रि इन्टरनेट हामी दिन्छौँ ।’