२८५५ औं सोनाम ल्होछारको अवसरमा जेष्ठ नागरिक सम्मानित

संखुवासभा । नेपाल तामाङ घेदुङ खाँदबारी नगरपालिका वडा नंं १, वडा कार्य समिति सोनाम ल्होछारको अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

२८५५ औं सा मो फाग् ल्हो सोनाम ल्होछारको अवसरमा दुई जना जेष्ठ नागरिक सम्मानित भएका हुन् । सम्मानित हुनेहरुमा धोज बहादुर तामाङ (९३ वर्ष) र जस बहादुर तामाङ (८६ वर्ष) रहेका छन् ।

समितिले विगत वर्षहरुमा भन्दा वृहत र विधिवत तरिकाले ल्होछार मनाएको समितिका अध्यक्ष विनोस तामाङले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।