परम् पुज्यनिय ७ अाैं टुल्कु याेङ्गे मिग्युर रिन्पाेछे

धनुषा । जिल्लको लालगढ-१० मा आयु अभिषेक (छेवाङ) तथा बृहत् धर्मिक प्रवचन कार्यक्रम हुने भएकाे छ ।

छ्योठुल धुईछेनको पावन अवसरमा अन्तर्राष्ट्रिय जगतमै ख्याती प्राप्त परम् पुज्यनिय ७ औं औतारी (टुल्कु) योङ्गे मिग्युर रिन्पोछे ज्युको बाहुल्यबाट फल्गुण ८ गते छेवाङ आयु अभिषेक साथै ध्यानको विषयमा समेत प्रवचन दिने भएकाे छ । उक्त धर्मिक प्रवचन कार्यक्रममा तामाङ बाैद्ध महासंघका उपध्यक्ष आचार्य सर्बजित गोङ्बा तामाङ ज्युबाट पनि बौद्ध धर्मबारे धर्मिक प्रवचन हुने भएको छ ।

अाचार्य सर्बजित गाेङ्बा तामाङ

उक्त धर्मिक प्रवचन कार्यक्रम साङक छ्याेईलिङ गुम्बाकाे आयोजनामा धनुषा जिल्लाकाे लालगढ-१० मा हुने भएकाे छ । कार्यक्रम बिहान १० बजे देखि सुरु हुने अायाेजकले बताएका छन् । कार्यक्रम गुम्बामा नै हुन लागिएकाे हाे ।

कार्यक्रममा उपस्थितिकाे लागि अायाेजककाे तर्फबाट सम्पुर्ण बौद्ध धर्मलम्बी महानुभावहरु लगायत धनुषा जिल्ला बासीहरुमा अनुराेध समेत गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।