श्याम ङेसुर तामाङ
काठमाडौं । आजभन्दा ६ वर्ष अघि काभ्रे जिल्ला,पिन्थलीबाट राजधानी र अन्य स्थानमा बसोबास गर्दै आएका पिन्थलीका तामाङहरुलाई एकिकृत गर्ने उद्धेश्यले स्थापित गुठीको आज राजधानीको नयाँ बानेश्वरमा रहेको ब्रीटिश गोर्खाली सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको कार्यालयमावपिन्थली गुठीका अध्यक्ष जनम लामाको अध्यक्षतामा बैठक बसि हालसम्म गरेका कार्यहरुको बारेमा बैठकमा छलफल गरि निर्णयहरु पारित गरेका छन् ।

बि.सं.२०६९ जेठ २८ गते पिन्थलीका सिङ्ग लामाको दाहसंस्कारको लागि गुठीले आर्थिक सहयोग गरेकोमा हालसम्ममा गुठीका १२ जना मृतकको दाहसंस्कारको लागि काठ, अन्य सामग्री खरिद गर्न रु. १ लाख ३ हजार ९ सय ९५ रुपैया सहयोग गरेको छ ।

गुठीका अध्यक्ष जनम लामाले बताए अनुसार पिन्थलीका मृगौला पिडित बज्रध्वज लामाको मृगौला प्रत्यारोपण गर्न गुठीले सहयोगी दाता,गुठियारबाट आर्थिक सङकलन गरेर रु.५ लाख ,पिन्थलीका मृगौला पिडित बुम्बा तामाङको उपचारको लागि दु बईमा वैदेशिक रोजगारको सिलसिलामा कार्यरत भिम दोङ तामाङको पहलमा सहयोगीहरुबाट, गुठियारबाट, अन्य दाताहरुबाट प्राप्त रु.३ लाख, पिन्थलीका लालबहादुर लामाको खुट्टाको उपचार गर्न रु.४० हजार,पिन्थलीका कामिसिह तामाङको ढाडको उपचार गर्न गुठीले रु.४० हजार आर्थिक सहयोग ,आर्थिक अभाब भएकाले सहयोग गरेको बताउदै ,अब बैठकमा नियमित उपस्थित नहुने सदस्यलाई गुठीले जानकारी दिएर पनि पटक, पटक उपस्थित नहुने ,सदस्य शुल्क, लेबि नबुझाउने सदस्यहरूलाई हटाउने निर्णय गरेको जनाएका छन्।

गुठीको शनिबार ,नयाँ बानेश्वरमा बसेको बैठकमा गुठीका प्रतिनिधिहरु ईन्द्रसिह लामा,सानुकान्छा लामा,शङ्खवीर तामाङ, वाङ्गेल लामा,वीरबहादुर लामा, प्रेमकुमार लामा र सुनिल ग्याल्बो दोङ तामाङको सहभागिता रहेको थियो । गुठीका प्रतिनिधि ईन्द्रसिह लामाले बताएनुसार गुठीले आफ्नो क्षमताले भ्याएसम्म गुठियार, गुठी भन्दा बाहिर पनि आपात, बिपतमा, दुख, पिडामा परेकालाई सहयोग गर्दै आईरहेको र गुठीका अध्यक्ष एबम युवा ब्यवसायी जनम लामाले काभ्रे पिन्थलीका मृगौला पीडित बज्रध्वज लामाको मृगौला प्रत्यारोपण गर्न रु.३० हजार, पिन्थलीका लालबहादुर लामाको खुट्टाको उपचार गर्न रु.२० हजार, पिन्थलीका कामी सिह तामाङको ढाडको उपचार गर्न रु.२० हजार र अर्का मृगौला पीडित पिन्थलीका बुम्बा लामाको उपचारको लागि रु.३० हजार ब्यक्तिगत रुपमा सहयोग गर्नु भएको जनाए ।

पिन्थली गुठी बिगत ६ वर्षदेखी गुठियार र दुख ,पिडामा परेकाहरुको लागि आर्थिक, नैतिक रुपमा सहयोग गर्दै अगाडी बढदै आएको छ । पिन्थली गुठीमा गुठीका गुठीयारहरुले दिएको मासिक लेबी, प्रबेश शुल्क, ब्याज, सहयोग सङकलन रकम गरि कुल ४ लाख १० हजार ४ सय ११ बचत रहेको गुठीका अध्यक्ष जनम लामाले जानकारी गराउनु भएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।