काभ्रे । जिल्लाको रोशी गाउँपालिका–५, सिसाखानीस्थित छापका एक घरमा आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति भएको छ । गंगाबहादुर तामाङको घरमा शनिवार राती आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी कटुञ्जेवेशीका प्रहरी हवल्दार राजन कार्कीका अनुसार मानविय क्षति नभएको र लत्ताकपडा, भाँडाकुँडा, अन्नपात र नगद गरी १५ लाख बराबरको गति भएको छ । ‘घरधनीले भने अनुसार भूकम्पको घर निर्माण गर्नको लागि भनेर जम्मा गरिएको नगद ३ लाख ५० हजार रपैयाँ, धान, मकै, कोदो, तोरी, लत्ताकपडा र भाँडाकुँडा गरी कुल १५ लाख बराबरको क्षति भएको भन्ने छ ।’ कार्कीले भने ।

आगलागीबाट घर ध्वस्त भएपछि पिडितको ६ जनाको परिवार छिमेकीको घरमा बसिरहेका छन् । जीउमा लगाएको लुगा बाहेक केही नभएको बताउँदै तामाङले भएको अन्नपात र लत्ताकपडा समेत जलेर ध्वस्त भएको बतबाए ।

तामाङले भूकम्प पुनर्निर्माणको घर बनाउनका लागि भनेर ऋण गरेर ल्याएको नगद रकम ३ लाख ५० हजार, मकै, कोदो, तोरी भाँडाकुँडा र लत्ताकपडा गरी कुल १५ लाख ९२ हजार बराबरको धनमाल क्षति भएको बताए । विद्युत सर्ट भई आगलागी भएको थियो । तामाङको दुई तले घर क्षति भएको हो ।






















