काठमाण्डौं । स्वयम्भू, माघ २७ नागार्जुन नगर पालिका सानाे भर्याङ्गमा १ बर्षे सम्भाेटा लिपि र च्याेई प्रशिक्षण कार्यक्रमकाे समापन गरिएकाे छ ।

समापन कार्यक्रमकाे प्रमुख अतिथिकाे रुपमा मेयर माेहन बहादुर बस्नेत, विशिष्ट अतिथिमा सस्थाका संरक्षक धर्म गुरु आचार्य सर्बजित गोङ्बा तामाङ, विशेष अथिती उप-मेहेर शुशिला अधिकारी, अतिथिमा वडा अध्यक्ष थुम केसी र कार्यक्रमकाे अध्यक्षता सविना लामाले गरेका थिए । कार्यक्रमकाे अायाेजन भने ज्याम्याङ अामा समुहले गरेका हुन् ।

बाैद्ध दर्शन, साहित्य, संस्कृति र परम्परा एवं लिपिकाे संरक्षण सम्वर्दन गर्ने बाैद्ध धर्मकाे ध्वनिलाई गाउँ-गाउँ, बस्ती-बस्ती सम्म पुर्याउने र सभ्य समाज निर्माण गर्ने उदेश्यका साथ संचालित १ बर्षे सम्भाेटा लिपि म्हाणिपा च्याेई प्रशिक्षण कार्यक्रम अाज समापन गरिएकाे थियाे । प्रशिक्षककाे रुपमा रहेका धर्म गुरु टासी फुन्छाेक लामालाई अायाेजककाे तर्फबाट कदर पात्र र सबै प्रशिक्षार्थीहरुलाई सस्थाका संरक्षक धर्म गुरु आचार्य सर्बजित गोङ्बा र वडा अध्यक्ष थुम केसि द्वारा प्रमाण पात्र बितरण गरिएको थियाे ।

उक्त प्रशिक्षण कक्षामा ६० जना भन्दा धेरै प्रशिक्षार्थीहरुले भाग लिएका थिए भनेर अायाेजकले बताएका छन् ।

Comments

comments