मोहन तामाङ
भोजपुर । भोजपुरको उत्तरी क्षेत्रको षडानन्द नगरपालिकामा पर्ने लम्सुवाघाटको पक्की पुल निर्माणका अरुण नदि लम्सुवा घाट पक्की पुल बनाआंै अभियान समितिले षडानन्द नगरपालिका प्रमुख विरवल राईको कार्यकक्ष घेराउ गरेको छ । २०६७ सालमा शिल्यान्यस भएको पक्किपुल ९ बर्ष बितिसक्दा ३० प्रतिशत पनि काम हुन नसके पछि प्रमुख राईको कार्यकक्ष घेराउ गरेको हो ।
‘अरुण नदि लम्सुवा घाट पक्की पुल बनाआंै’ अभियानका पुनर्गठित समितिले बेवारिसे अवस्थामा छोडिएको पुल निर्माणका लागि पटक पटक स्थानीय तहलाई ध्यानाकर्षण गराए पनि नगरपालिकाले उक्त पक्कि पुल निर्माण कार्यलाई सामान्य रुपमा लिने गरेको समितिका संयोजक लि कुमार राईले आरोप लगाए ।
माघ २७ गते समितिले पत्रकार सम्मेलन गरि आन्दोलनका कार्यक्रम सार्वजानिक गरेको छ ।
जसअनुसार माघ २८ नगरपालिका प्रमुख कार्यकक्ष घेराउ, माघ २९ गते उप प्रमुखको कार्यकक्ष घेराउ, फागुन १ नगरपालिका घेराउ, फागुन २ नगरपालिका घेराउ तथा असहयोग कार्यक्रम गर्ने, फागुन ३ नगर प्रमुखलाई नगरपालिका प्रवेश निषेध, फागुन ४ नगर प्रमुख र उप प्रमुखलाई नगरपालिका प्रवेश निषेध, फागुन ६ गते देखि १० गतेसम्म नगरपालिका साथै सबै वडा कार्यलयहरु बन्द गर्ने रहेका छन् ।






















