काभ्रे । जिल्लाको तेमाल गाउँपालिकामा प्रथम ३ नं. प्रदेश स्तरीय मुवाँ थाई प्रतियोगिता–२०७५ हुने भएको छ । प्रतियोगिता काभ्रे जिल्ला मुवाँ थाई संघको आयोजनामा आगामी फागुन ३ र ४ गते हुन लागेको हो ।
प्रतियोगिताको गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले उद्घाटन गर्ने संघका अध्यक्ष बज्र लामाले तेमाल अनलाइनलाई जानकारी दिए ।
लामाका अनुसार प्रतियोगितामा ५० जना खेलाडीहरुले भाग लिने छ । प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैयाँ रकम, शिल र प्रमाण पत्र पाउनेछ भने दोस्रो हुने खेलाडीले सेकेन्ड १० हजार रुपैयाँ रकम, शिल र प्रमाण पत्र पाउनेछ । त्यसैगरि तेस्रो हुने २ जनाले पाँच–पाँच हजार रुपैयाँ रकम, शिल र प्रमाण पत्र पाउने छ ।
त्यसैगरि प्रतियोगितामा ४८ देखि ५२ केजी तौलस समूह र ५२ देखि ५७ केजी समूहका खेलाडीहरुको सहभागीता रहने छ भने महिला खेलाडीहरु ४८ देखि ५२ केजीतौल समूका खेलाडीहरु सहभागीता रहने लामाले बताए । वान भर्सेज वान खेलमा विजेतालाई ५ हजारका दरले नगद पुरस्कारको व्यवस्था समेत गरेको छ ।






















