रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका–५, सिसाखानीका आगलागी पिडित गंगाबहादुर तामाङलाई रोशी गाउँपालिकाले तत्काल नगद १० हजार रुपैयाँ सहयोग गरेको छ ।
रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाका अनुसार आगालागी पिडित तामाङलाई रोशी गाउँपालिकाले पहिलो चरणको सहयोग स्वरुप उक्त रकम दिएको हो ।
‘वडा कार्यालयको सिफारिस अनुसार तुरुन्तै गाउँपालिकाको बिपद् कोषबाट १० हजार रुपैया प्रदान गरेका छौं ।’ अध्यक्ष लामाले भने, ‘क्षतिको वास्तबिक विवरण आएपछि उहाँलाई आवश्यक सहयोग गर्नेछौं ।’
तामाङको भूकम्पको घर निर्माण गर्नको लागि जम्मा गरिएको नगद ३ लाख ५० हजार रपैयाँ, धान, मकै, कोदो, तोरी, लत्ताकपडा र भाँडाकुँडा गरी कुल १५ लाख बराबरको क्षति भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















