श्याम ङेसुर तामाङ
काठमाडौ । ‘शेर्पा जातिको एकता, भेषभुषा, भाषा, सस्कृतिको विकास आजको आवस्यकता’ भन्ने मुल नारासहित २१४६ औं स–मो फाग ल्होको अवसरमा संखुवासभाको खाँदबारीमा ‘बृहत ल्होसार इभेन्ट–२०७५’ हुने भएको छ ।
कार्यक्रम हिमालयन शेर्पा सास्कृतिक केन्द्र, जिल्ला कार्य समिति, संखुवासभाको आयोजनामा आगामी फागु ७ गते हुने भएको हो ।
कार्यक्रम हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका केन्द्रीय अध्यक्ष छिरिङ शेर्पाको प्रमुख आतिथ्यमा हुने आयोजकले बताएको छ । कार्यक्रममा विभिन्न नगर तथा गाउँपालिका स्तरीय स्याब्रु नृत्य प्रतियोगिता समेत हुने भएको छ ।
शेर्पा निर्माण ब्यवसायी संखुवासभाको मुख्य प्रायोजनमा हुन लागेको सो इभेण्टमा नेपाली तारा सन्तोष लामा, गायकहरु मिङमा शेर्पा, पासाङ शेर्पा, सङखुवासभा आईडल आवाज शेर्पा, पुर्बान्चाल डान्सिङ सुपर स्टार पवित्रा तामाङ, डिजे ङवाङ शेर्पा,गायिका उमङ्ग लार्मा, लोक गायिका माया गुरुङको प्रस्तुती रहने हिमालयन शेर्पा सास्कृतिक केन्द्र सङखुवासभाका अध्यक्ष मिगुर शेर्पाले बताएका छन् ।
चर्चित कार्यक्रम प्रस्तोता डोमा शेर्पाले सन्चालन गर्नेे बृहत् ल्होसार इभेण्टमा नगर तथा गाउँपालिका स्तरिय स्याब्रु नृत्य उक्त प्रतियोगिता प्रथम, द्धितिय, तृतिय, सान्त्वना हुने प्रतियोगीलाई क्रमशः रु.२० हजार, १५ हजार, १० हजार, ५ हजार नगद पुरस्कार सहित प्रमाण–पत्र प्रदान गरिने प्रचार–प्रसार बिभागका संयोजक निमाठिले शेर्पाले जानकारी दिएका छन् ।






















