दुवै अध्यक्षको उपस्थितिमा धुम्बाराहीमा जनयुद्ध दिवस मनाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुण १ गतेका दिन जनयुद्ध दिवस पार्टी केन्द्रिय कार्यालय धुम्बारहीमा मनाउने भएको छ ।

पार्टी महासचिव विष्णु पौडेलले आन्तरिक रुपमा सर्कुलर जारी गरी जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा १ फागुनमा देशभर कार्यक्रम गर्न निर्देशन दिएका हुन् ।

कार्यक्रम पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ सहित शीर्ष नेताहरूको उपस्थितिमा श्रद्धाञ्जली कार्यक्रम हुने भएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार जनयुद्ध सुरु भएको दिन १ फागुनको सम्झनामा जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा नेकपाले पहिलोपटक कार्यक्रम राखेको हो । यसअघि तत्कालीन माओवादी घटक दलहरूले हरेक वर्ष १ फागुनमा आ–आफ्नै तरिकाले जनयुद्ध दिवस मनाउँदै आएका थिए ।

काभ्रेमा पनि जनयुद्ध दिवस मनाउने

पार्टी निर्देशन अनुसार नेकपा काभ्रेले पनि जनयुद्ध दिवस मनाउने भएको छ । पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज)का अनुसार जिल्ला पार्टी कार्यालयमा मनाउने तयारी गरिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।