श्याम ङेसुर तामाङ
ललितपुर । जिल्लाको वाग्मती गाउँपालिका वडा नं. ६ आश्राङ, लुकुनीमा रहेको श्री मनोरमा आधारभुत विद्यालयको स्वर्ण महोत्सव भव्यताका सम्पन्न भएको छ । विद्यालयले शनिबार र आईतबार गरि दुई दिनसम्म आफ्नो स्वर्ण महोत्सब मनाएको छ ।

स्वर्णमहोत्सव समारोहको ललितपुर जिल्ला, क्षेत्र नं. १ का प्रतिनिधि सभाका सांसद नवराज सिलवालले कार्यक्रमलाई सम्बोधन गर्दै दक्षिण ललितपुरका जनता उपत्यकामा नै राजनितिक रुपमा सचेत रहेको बताउँदै शैक्षिक क्षेत्रमा पनि अगाडि भएको चर्चा गरे । यस क्षेत्रमा भौतिक पुर्बधारको विकास नभएकोले मात्र पछि परेको सिलवालले बताए ।

ललितपुर स्थित बाल मनोरमा आधारभूत विद्यालयको स्वर्ण महोत्सब सम्पन्न

त्यसैगरि अर्का बक्ता प्रदेश सभाका सांसद चेतनाथ सञ्जेलले बालमनोरमा आधारभुत विद्यालयलाई नमुना विद्यालय बनाउन विद्यालय परिवार लागेमा भवन, कम्पाउण्ड बनाउनको लागि बजेट ल्याउने बताए ।

वाग्मती गाउँपालिका उपाध्यक्ष रन्जना घिमिरेले संघ, प्रदेश र स्थानिय सरकारको जनप्रतिनिधी सहभागी भएको यस अवसरमा शैक्षिक गुणस्तर उकास्न, भवन लगायत यावत समस्यालाई हल गर्न एकीकृत रुपमा लाग्नुपर्ने बताईन् ।

ललितपुर स्थित बाल मनोरमा आधारभूत विद्यालयको स्वर्ण महोत्सब सम्पन्न

विद्यालयका प्र.अ. दीपेन्द्र तिमल्सिनाले उक्त विद्यालयमा विद्यालयमा १ सय ८४ जना विद्यार्थी रहेकोब ताए ।
संचारकर्मी नवराज संजेलले संचालन गरेको उक्त कार्यक्रममा चर्चित गायक मिठ्ठाराम के.सि., गायिका एबम नृत्यकार शशी पुन देशार, लोक गायिका जुना बस्नेत, जादुगर सुबाश महत, हास्यकलाकार बिनोद कुवर लगायतको प्रस्तुतीले महोत्सब सङगितमय बनेको थियो ।

स्वर्णमहोत्सवको उद्घाटन पुर्ब सांसद तथा नेपाली कांग्रेसका युवा नेता उदयशम्शेर राणाले शनिबार गर्नुको साथै स्मारिका विमोचन गरेका थिए ।

ललितपुर स्थित बाल मनोरमा आधारभूत विद्यालयको स्वर्ण महोत्सब सम्पन्न

कार्यक्रममा वाग्मती गाउँपालिका वडा नं. ५, ६, ७ का वडा अध्यक्षहरु साजन दर्लामी मगर, लालबहादुर बम्जन तामाङ, नवराज संजेल, शिक्षक महासंघका जिल्ला सदस्य थलप्रसाद तिमल्सिनाले बालमनोरम आधारभुत विद्यालयलाई नमुना विद्यालयमा बनाउनु पर्नेमा जोड दिएका थिए । दुई दिने महोत्सब विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तुलसीप्रसाद तिमल्सिनाको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

Comments

comments