‘तामाङ साँस्कृतिक संग्राहलय निर्माणको लागि पूर्ण प्रतिबद्धता’ –मन्त्री अधिकारी

काभ्रे । सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारीले तेमालमा निर्माण हुन लागेको तामाङ साँस्कृतिक संग्राहलयको लागि सहयोग गर्न पूर्ण प्रतिबद्धता रहेको बताएका छन् । आज काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ५ मा आयोजित एक कार्यक्रममा मन्त्री अधिकारीले उक्त कुरा बताएका हुन् ।

‘तेमालमा राष्ट्रिय स्तरको तामाङ साँस्कृतिक संग्राहलय बन्न लागेको रहेछ । बजेट पनि विनियोजन गरेको रहेछ ।’ उनले भने, ‘संग्राहलय निर्माणका लागि केन्द्र सरकारले पनि सहयोग गर्ने बचनबद्धता व्यक्त गर्दछु । संघीय सरकारको पनि उत्तिकै चासो रहनेछ ।’ उनले तुङसुम कुण्डा गुम्बालाई पनि पुनर्निर्माण र निर्माणको लागि आफूले पहल गर्ने बताए ।

तेमाल प्राकृतिक सम्पदाले भरिपूर्ण ठाउँ भएकोले यहाँको समृद्धिको लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए । तेमाल तामाङ सँस्कृतिको मूल थलो भएकोले स्थानीय, प्रदेश र संघीय सरकार मिलेर तामाङ सँसकृतिको मूल थलो तेमाललाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।

Comments

comments