काभ्रे । तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालको केन्द्रीय अध्यक्ष तथा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङले तामाङ जातीको विहेमा गाईको साँप्रो कोसेली लाने चलान नरोक्न सरकारलाई अनुरोध गरेका छन् ।
काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ५ मा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता लालध्वजले उक्त अनुरोध गरेका हुन् । ‘हाम्रो तामाङको विहेमा गाईको साँप्रो कोसेली लाने चलान छ । आज यो सबै रोकेको छ । अब यो रोक्न पाईदैन ।’ उनले भने, ‘गणतन्त्रमा त्यसमा पनि कम्युनिष्टको राज्यमा गाईको मासु खाएको आरोपमा आज पनि तामाङ जेल जानुपर्ने बाध्यता छ ।’
नेता लालध्वजले आफू तामाङ भएर भने पनि र कम्युनिष्ट भएर भने पनि सरकारको यो रबैया मान्न तयार नभएको प्रष्ट पारे । ‘म तामाङ भएर भने भने म यो कुरा भन्न सकिदैन । म कम्युनिष्ट भएर भनौ भने पनि म मान्न सकिदैन ।’ उनले भने, ‘विद्रोह ननिम्त्याउँदा हुन्छ ।’






















