काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेले २४ औं जनयुद्ध दिवस मनाएको छ । कार्यक्रममा बनेपा स्थित पार्टी कार्यालयमा जिल्लाका शिर्ष नेताहरुको सहभागीता रहेका थिए ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य कमान सिं लामा, नेता दिनानाथ गौतम, रामहरि सुवेदी लगायतका उपस्थिति रहेका थिए ।
२०५२ साल फागुन १ गतेबाट शुरु भएको जनयुद्ध कै कारण मुलुकमा गणतन्त्र स्थापना भएको सहभागीहरु नेताहरुले बताएका थिए ।
माओवादीले उक्त दिन सूद्खोरको संज्ञा दिंदै तेमाल गाउँपालिका वडा नं. ९ मुक्पाका दौलतसिं दोङलाई कार्वाही गरेको थियो । काभ्रेबाट करिब ३ सय जनाको हाराहारीमा माओवादी पक्षबाट सहिद भएका छन् एक दर्जन नेता कार्यकर्ता राज्यबाट बेपत्ता पारिएको छ । सयौं जना घाइते अबस्थामा छ ।
कार्यक्रम नेकपाका नेता सूर्यमान दोङ (लालध्वज) को सभापतित्वमा र अर्का नेता नारायण पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।






















