गिम्दीका विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी सामग्री वितरण

ललितपुर । जिल्लाको वाग्मती गाउँपालिका वडा नं. ७ गिम्दीमा रहेको श्री थुम्की आधारभुत विद्यालयका विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी सामग्री वितरण गरेको छ ।

ललितपुर जिल्ला क्षेत्र न. १ का नेपाली कांग्रेसका क्षेत्रीय उपसभापति एवं नेपाल तामाङ घेदुङका केन्द्रीय सचिब रामकृष्ण ब्लोन लामाले एक कार्यक्रमका बीच उक्त सामग्री बुधबार वितरण गरेका हुन् ।

 गिम्दीका विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी सामग्री वितरण

उक्त विद्यालयका २७ जना विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी सामग्री वितरण गरेका थिए । बुधबार वितरण गर्नु भएको छ । घेदुङको बिपत ब्यवस्थापन बिभागको प्रमुख समेत रहेका लामाले विकट वस्तिमा रहेका तामाङ, दलित र अन्य समुदायका विद्यार्थीहरु जो दैनिक रुपमा सामुदायिक विद्यालयमा पढ्न समेत गरिबीका कारण झोला तथा स्टेशनरी सामग्री किनेर दिन नसकेका विद्यार्थीहरुलाई केही समयका लागि भएपनि सहयोग मिलोस भन्ने हिसाबले सहयोग गरेको बताएका छन् ।

ललितपुरको सदरमुकाम पाटनबाट करिब ८५ किमि टाढा रहेको विद्यार्थीहरुलाई रु.३५ हजार बराबर पर्ने झोला तथा स्टेशनरी सामग्री प्रदान गरेको श्री थुम्की आधारभुत विद्यालयका निमित्त प्र.अ. बिदुर घिमिरेले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।