घेदुङका सचिब लामाद्वारा अग्नि पीडितलाई नगद र कम्बल हस्तान्तरण

ललितपुर । जिल्लाको वाग्मती गाउँपालिका वडा न.३ भट्टेडाडा, छपेलीकि अग्नि पिडित गुणकुमारी घिमिरेलाई नेपाल तामाङ घेदुङका केन्द्रीय सचिब तथा बिपत ब्यवस्थापन बिभागका संयोजक रामकृष्ण ब्लोन लामाले नगद ५ हजार सहित १३ वटा कम्वल हस्तान्तरण गरेका छन् ।

सचिव लामाले बुधबार एक कार्यक्रमका बीच पिडित घिमिरेलाई हस्तान्तरण गरेका थिए ।

आफुले मानविय हिसाबले अग्नि पीडितलाई सहयोग गरेको लामाले बताए । पौष १४ गते साझ खोले पकाउने बेला आगोको झिल्को सल्की घिमिरेको दुई वटा घर, एउटा गोठ, धनमाल गरि रु.४७ लाख ५० हजार बराबरको क्षेति भएको थियो ।

जिल्ला प्रशासन कार्यालय, ललितपुर, नेपाल रेडक्रस सोसाईटी ललितपुरले लत्ताकपडा, भाडाकुडा प्रदान गरेको छ भने वाग्मती गाउँपालिकाले आपतकालिन राहत स्वरुप रु.२ लाख प्रदान गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।