काठमाडौं । देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट र भ्रष्टचारका बारेमा आफु मुखमा पानी हालेर नबस्ने चेतावनी दिएका छन् ।
ओलीले भने, ‘बुझे हुन्छ भ्रष्ट र भ्रष्टचारका सम्बन्धमा म मुखमा पानी हालेर बोलिरहेको छैन । सुशासनका संयन्त्र क्रियाशिल भएका छन् । हिजो भ्रष्टाचार गर्नेहरु आज हामीसँग क्रुुद्ध छन् । मुरमुरिएका छन् ।
हासँम्म कि मैले भ्रष्टचार गरे भनेर साबिति बयान दिनेहरुसमेत हामीमाथि औला ठड्याइरहेका छन् । तिनै मान्छे आज सुशासन भएन भनेर मिडियामा झुल्किएका छन् । कसरी भ्रष्टाचार गर्न सकिन्छ भन्नेहरु अहिले दुलो गौडा चाहारेका छन् ।’
प्रधानमन्त्री ओलीले आफूमाथि आरोप लगाउनेहरुलाई जवाफ दिँदै भने, ‘कर्मचारी सरुवा बढुवामा समेत लाभ लिन खोज्नेहरु अहिले सुशासन चिनाउँदैछन् । ’
सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, ‘फेरि पनि उहि गीत सुन्छु भ्रष्टमाथि कारवाही खोई ?, तथ्यमा जाउ न ! राजश्व चुहावटका ४९ र विदेशी विनिमय अपचलनका ३३ गरी ८२ मुद्दामा ८ सरकारी कर्मचारीसहित ९९ व्यक्तिहरुमाथि सात अर्ब ६२ करोड ८२ लाख ५२ हजार विगो र जरिवाना मुद्दा दायर गरिएको छ ।’






















