भक्तपुर । चाँगुनारायण नगरपालिका स्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन ठुलो रकम माग भएको भन्ने समाचार प्रति आफ्नो ध्यान आर्कषण भएको जनाउँदै कलेजले विज्ञप्ती निकालेको छ ।
कलेजको आन्तरिक विवाद मिलाउन कलेजका संञ्चालकले प्रतिष्ठीत ब्यक्तिसँग ठुलो रकमको चलखेल भएको भन्ने विविभन्न पत्र पत्रिका एवं अनलाइनहरुमा प्रकासित समाचार प्रति खेद प्रकट गर्दै कलेजका कार्यकारी अध्यक्ष लम्वोधर न्यौपानेको हस्ताक्षरित प्रेष विज्ञप्ती कलेजले जारी गरेको छ ।
विज्ञप्तिमा कलेजको विवाद मिलाउन भनी कसैसँग कुरा नभएको तथा कुनै पनि आर्थिक कारोवारको विषयमा पनि कहिँ कतै कुरा नहुँदा पनि केहि ब्यक्तीको कपोकल्पीत कुराको भरमा समाचार माध्यमहरुले तथ्यमा नरही समाचार प्रकाशन गरेकोमा खेद प्रकट गर्दै उक्त समाचारहरुको खण्डन समेत गरेको छ ।
विज्ञप्ती यस्तो रहेको छ
नेपाल इन्जिनियरिङ कलेजको बारेमा प्रकासित भ्रामक समाचारको खण्डन
आज मिति २०७५ फागुन २ मा नेकको साझेदारहरुको विवादलाई जोडेर विभिन्न पत्रपत्रिका तथा अनलाइन खवरहरुमा कलेजको विवाद मिलाई दिनुभनी एक सम्मानित ब्यक्तिको नाम जोडी ठुलो रकम माग गरिएको भनी भ्रामक तथा कपोकल्पीत समाचार प्रकासित भएकोमा खेद प्रकट गर्दै यस कलेजबाट आफ्नो ब्यक्तिगत समस्याको समाधान गरि दिन कोहि कसै सँग कुरा नगरिएको तथा आर्थिक कारोबार समेत नभएको कुरा यो प्रेश विज्ञप्ती मार्फत जानकारी गराउँदछौं ।
कार्यकारी अध्यक्ष लम्बोधर न्यौपाने
नेक कलेज
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















