सुनापति । रामेछाप जिल्ला सुनापति गाउँपालिका वडा नं. ३ हिलेदेवी स्थित साँदीडाँडामा राष्ट्रिय साँँस्ृकतिक एवं सोनाम ल्होछार २८५५ तथा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
तामाङ नेपालीहरुको महान पर्व २८५५ औं सोनाम ल्होछारको अवसरमा नेपाल आदिवासी जानजाति महांसंघ, सुनापाति गाउँपालिका समन्वय परिषद्, रामेछापको आयोजनामा उक्त कार्यक्रम हुन लागेको अध्यक्ष हिरा तामाङले जानकारी दिएका छन् । उनका अनुसार कार्यक्रम भोली अर्थात फागुन ४ गते शनिबार हुने भएको छ ।
‘सोनाम ल्होछारको प्रवद्र्धन, हाम्रो सााँस्कृतिक सरोकार, ताम्सालिङ प्रदेशको स्थापना हाम्रो राजनीतिक आधार’ भन्ने मूलनाराका साथ हुन लागको उक्त कार्यक्रममा कलाकारहरु शुक्र लामा दोङ, प्रयास दोङ, अविशेक तामाङ, जगत घिसिङ, मिङस लामा, राजकुमार तामाङ, अनिश योञ्जन र पुष्प जनजागरण साँस्कृतिक परिवारको प्रस्तुति रहने छ । साथै स्थानीय ताम्बाहरुको विशेष प्रस्तुति रहने साँँस्कृतिक संयोजक अभिशेक तामाङले जानकारी दिए । त्यसैगरि ताम्बा संयोजक सत्तल सिं योञ्जनका अनुसारसो दिन स्थानीय ताम्बाहरुको पनि प्रस्तुति रहनेछ ।






















