देवीटारमा भोलि ल्होछार बृहत साँस्कृतिक कार्यक्रम हुँदै

धुलिखेल । काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं. १, देवीटारमा सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

सुनौलो देवीटार युवा क्लबको आयोजनामा हुने उक्त कार्यक्रम पूर्व कानून तथा न्याय मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा हुने भएको हो ।

कार्यक्रमममा कलाकाहरु इन्दिरा गोले, विश्व दोङ, विशाल काल्तान, बैरागी मोक्तान, ऋतुराज पाख्रिन, राजेन्द्र गिरि, लेखबहादुर मोक्तान, ज्यक गुरुङ, वर्ष थिङ, शर्मिला थिङ र संजीव स्याङतान लगायतकाको प्रस्तुतति रहेनेछ । कार्यक्रम ‘ह्याङला ह्युल्सा स्हेङबारी जम्बुलिङला मोकोन तामाङ गीक ताई’ भन्ने नाराका साथ भोली हुँदै छ ।