ललितपुर । जिल्लाको बागमती गाउँपालिका प्युटारस्थित खयरघारी देखि ढनडाँडासम्म एककृत बस्ती निर्माण हुने भएको छ ।

एकीकृत बस्ती निर्माणका लागि प्रदेश सांसद चेतनाथ सञ्जेल, गाँउपालिकाका प्रमुख बीर बहादुर लोप्चन, वडा अध्यक्ष नारायण बहादुर घले, वडा सदस्य रामकुमार थिङ र भौतिक पुर्वाधार मन्त्रालयका कर्मचारी सहितको टोलीले शुक्रबार विहान जग्गा निरिक्षण गरेका थिए । निरिक्षण पछि डिपिआरको लागि छलफल भएको छ । यो बस्ती लगभग २ हजार रोपनीमा नमुना एककृत बस्ती निर्माण हुने तयारी रहेको छ ।

नमुना बस्ती विस्तारका लागि प्रदेश सरकारले ५० लाख बजेट विनयोजन गरेको छ । अनुगमनको क्रममा उक्त टोलीले काम अघि बढाउने निर्णय भएको छ । गाउँ बस्तीमा

छरिएर रहेका बस्तीलाई एकै ठाउँमा एककृत गरी बस्ती बिस्तार गर्ने नेपाल सरकारको नीति अनुरुप यो बस्ती विस्तार हुन लागेको हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।