काठमाडौं । ‘शेर्पा जातिको एकता, भेषभुषा, भाषा, सँस्कृतिको विकास आजको आवस्यकता’ भन्ने मूल नारका साथ संखुवासभा जिल्ला खादबारीमा हुने बृहत ल्होसार इभेन्ट–२०७५ को तयारी पूरा भएको आयोजकले जनाएको छ ।
२१४६ औं सःमो फाग ल्होको अवसरमा हिमालयन शेर्पा सास्कृतिक केन्द्र, जिल्ला कार्य समिती, सङखुवासभाले एक पात्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जानकारी दिएको छ । कार्यक्रम हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका केन्द्रीय अध्यक्ष छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा यहि फागुन ७ गते दिनको ११ बजे खादवारी रङगशालामा हुन लागेको छ ।
कार्यक्रममा नगर तथा गाउँपालिका स्तरिय स्याब्रु नृत्य प्रतियोगिता समेत हुने पत्रकार सम्मेलनमा बताएको छ ।
शेर्पा निर्माण ब्यवसायी सङखुवासभाको मुख्य प्रायोजनमा हुन लागेको सो इभेण्टमा नेपाली तारा सन्तोष लामा, गायकहरु मिङमा शेर्पा, पासाङ शेर्पा, सङखुवासभा आईडल आवाज शेर्पा, पुर्बान्चल डान्सिङ सुपर स्टार पवित्रा तामाङ, डिजे ङवाङ शेर्पा, गायिका उमंग लामा, लोक गायिका माया गुरुङको प्रस्तुती रहने हिमालयन शेर्पा सास्कृतिक केन्द्र सङखुवासभाका अध्यक्ष मिगुर शेर्पाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
स्याब्रु नृत्य प्रतियोगिताको आयोजना गरिएको उक्त प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय, सान्त्वना हुने प्रतियोगीलाई क्रमशः रु..२० हजार, १५ हजार, १० हजार, ५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने सो इभेण्टका प्रचार प्रसार बिभागका संयोजक निमाठीले शेर्पाले बताए ।






















